IME Life New

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृद्धि, अधिकांश सूचक सकरात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सकरात्मक देखिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६२ दशमलव ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

२ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ संचिती रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १९ दशमलव ८५ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ दशमलव ३२ प्रतिशतले बढाएर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ ।

पुस मसान्तसम्ममा ३८ अर्ब १८ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३१ अर्ब २० करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS