काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले माघ ११ गते आइतबारदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेको हो । यसको मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
दुवै कम्पनीको असोज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पुस ३ गते स्वीकृती प्रदान गरेको थियो ।