IME Life New

आइसिएफसि फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरेको ४ दशमलव ५० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले गत पुस १७ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश पुस २९ गतेदेखि नै जम्मा गरिदिएको जनाएको छ ।

Esewa
Crest

पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नमिली नगद लाभांश प्राप्त नभएका शेयरधनीहरुको विवरण वेवसाइटमा राखिदिएकोले सञ्याउँन कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको शेयर पुस १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिदिने कम्पनीले बताएको छ ।

उक्त मिति पछि कर्जा चुक्ता भुक्तानी गर्नु भएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपश्चात् मात्र बैंक खातामा नगद लाभांश रकम जम्मा गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS