IME Life New

आरटिजीएस सिस्टम तथा मेडुलर डाटा सेन्टर हस्तान्तरण गरी नेपाल राष्ट्र बैंकले लिने कार्य सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय दातृ निकाय डिएफआईडीको सहयोगमा एसेस फाइनान्स अन्तर्गत यूके सक्षमसँगको सहकार्यमा आथिक बर्ष २०७६ भदौ २६ देखि यस बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम तथा मेडुलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैँकले लिने कार्य आज बैकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

गभर्नरको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रब क्यालक, यूकेआईडी सक्षम का प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भुक्तानी प्रणाली विभागका निर्देशक श्री निश्चल अधिकारीले गरेको थियो

Esewa
Crest

कार्यक्रमको सुरुवातमा यूकेआईडी सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटिजीएस तथा मेडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक श्री भुवन कडेलले आरटिजीएस सिस्टम मार्फत हुने कारोवारहरु हाल मासिक औसत रु. १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिनु हुंदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटिजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्नुहुने यूकेआईडी सक्षम प्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको दास्रो सत्रमा आरटिजीएस सिस्टम हस्तान्तरण गरी लिनका लागि यूकेआईडी सक्षम का टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री कडेलबीच आरटिजीएस ह्यान्डओभर सर्टिफिकोट आदानप्रदान भएको थियो ।
त्यस्तै मेडुलर डाटा सेन्टर हस्तान्तरण गरी लिनका लागि सक्ष्मम लिडर का टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक श्री शिवराम दवाडीबीच मेडुलर डाटा सेन्टर ह्यान्डओभर सर्टिफिकेट आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS