काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आइतवार हुने भएको छ । एनआईसी एशिया लघुवित्तले होटल र्याडिसनको सभाकक्ष भेरी– ४ जाजरकोटमा बिहान ९ बजे साधारण सभा बोलाएको छ जनाइएको छ ।
त्यस्तै, स्वदेशी लघुवित्तले होटल पाथिभरा इन्टरनेशनल प्रालि इटहरीमा बिहान ९ बजे सभा आयोजना गर्ने जनाएको छ ।
साधारण सभाले एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने लगायतका विभिन्न एजेण्डा रहेको छ ।