काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ कायम हुनेरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको १४औं वार्षिक साधारण सभा माघ १५ गते बिहीबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, सुख्खानगर, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०स्३० बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ ।