IME Life New

नेपाल बैंकको साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल बैंक लिमिटेड ६१ औं वार्षिक साधारण सम्पन्न भएको छ। सभाले हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपैयाँको ४ प्रतिशतका दरले हुन ४५ करोड १३ लाख १२ हजार आठ सय आठ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ३५ करोड ३९ लाख ३८ हजार चार सय २४ रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

त्यस्तै, सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको थियो ।

Esewa
Crest

साथै, बोनश सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ।

साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओमकृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS