काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा गरेको सूचना नेप्सेमा समयमा नै नपठाएको भन्दै कारोबार रोक्का गरी तीन दिने स्पष्टिकरण मागेको हो ।
के,कति, कस्ता कारणले समयमा नै लाभांश प्रस्तावको सुचना पठाउन नसकेको हो भन्दै नेप्सेले स्पष्टिकरण मागेको जनाएको छ ।
कम्पनीले पुस २७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले भने पुस २८ गते दिउँसो ११ः५० मा लाभांश सम्बन्धी सूचना उपलब्ध गराएको थियो ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी निर्णयहरु भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ तर संस्थाले उक्त सुचना ढिलो पठाएको थियो ।