काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीहरुले बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा पाउने भएका छन् । सो कर्जाका लागि बैंक र अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बी।पी।कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि अस्पतालका सबै कर्मचारीहरुले १५ लाखसम्मको प्रोफेशनल कर्जा पाउने भएका छन् ।