IME Life New

लाभांश वितरण प्रस्ताव पारितसँगै सिभिल क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको बाह्रौं (१२औंं) वार्षिक साधारण सभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनपास गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५(पाँच) प्रतिशतका दरले हुन आउने कर सहित १,०६,२५,०००.०० (एक करोड छ लाख पच्चिस हजार मात्र) नगद लााभांश वितरण गर्ने प्रस्तावहरु पारित गरेको छ ।

Esewa
Crest

सभाले विशेष प्रस्ताव अन्तर्गत सम्बन्धित निकायको स्वीकृतीलिई संस्थागत परामर्शदाता सेवा अन्तर्गत व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोषहरु संचालन, सम्पत्ति व्यवस्थापन लगायतका सम्बन्धित सेवाहरु प्रदान गर्ने साथै आफ्ना ग्राहकहरुको वीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

छिटो छरितो तथाग्राहक मुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै आइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS