IME Life New

नेपाल बङ्गलादेश बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमलादी, काठमाडौँमा आयोजित उक्त सभा भिडियो कन्फेरिन्सङद्वारा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको आव २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गरेको छ ।

Esewa
Crest

साथै, सभाले सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आव २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

सभाले आव २०७६/०७७ को मूनाफाबाट चूक्ता पूँजीको २ दशमलव ४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पूँजी १५ अर्ब पुर्‍याउने र जारी तथा चुक्ता पुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुस शकिबको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की, कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS