काठमाडौं । निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।लघुवित्तको शुक्रबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले १९ करोड ५० लाख रुपैयाँ बराबरको रकम बोनस शेयर वितरणमा खर्च गर्नेछ । त्यस्तै, १ करोड २ लाख ६३ हजार १ सय ५८ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने भएको छ ।