IME Life New

सिटिजन्स बैंकले डाक्यो विशेष साधारण सभा, बुकक्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । बैंकको पुस २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा माघ १५ गते बिहीबार बैंकको प्रधान कार्यालय रहेको भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि वेभिनारको माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइने जनाएको छ । सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश हुनेछ ।

Esewa
Crest

त्यस्तै, बैंकले विशेष साधारण सभा प्रयोजनको निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS