IME Life New

प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–२ सितापुर स्थायी घर भई सन्धिखर्क न.पा. १, मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेम वहादुर क्षेत्रीको परिवारलाई जीवन बीमा बापतको मृत्यु दाबी भुक्तानी रकम कागजात पुरा भएको ४ दिनमा हस्तान्तरण गरेको हो ।

कोरोना भाईरसको संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा मंसीर ३ गते मृत्यु भए पश्चात निजकी श्रीमती केसरा क्षेत्रीले मंसीर २४ गते कम्पनीमा निवेदन दिएकी थिईन र आबश्यक सम्पुर्ण कागजात पौष १६ गते पुरा गरेकी थिइन् । उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा दुई लाख एक हजार रुपैयाको बीमा गरेका थिए ।

Esewa
Crest

उनले कम्पनिमा ३ किस्ता बापत ४९ हजार रुपैयाँ मात्र बुझाएका थिए ।्उनको मृत्यु पश्चात मृत्यु दाबी भुक्तानी वापतको रकम दुई लाख सैतीस हजार नौ सय चौरासी रुपैया) मध्ये निजको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सो बापतको १६ हजार ३ सय ५२ रुपैया कट्टा गरी बाकी रकम दुई लाख एक्काईस हजार छ सय बत्तीस रुपैयाँ कम्पनीले मृतकको परिवारलाई हस्तान्तरण गरेको कम्पनीको अर्घाखाँची कार्यालयका प्रमुख नारायण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS