IME Life
Beema Board

भारतीय नियामक निकायद्वारा एएक्सए जनरल इन्स्योरेन्स कम्पनीलाई २४ लाख जरिवना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको भारतीय नियामक निकाय बीमा नियमन तथा विकास प्राधिकरण (आईआरडिए) ले निजि क्षेत्रको बीमा कम्पनी भारती एएक्सए जनरल इन्स्योरेन्स कम्पनीलाई १५ लाख भारु अर्थात २४ लाख नेपाली रुपैयाँ बराबरको रकम जरिवना तिराएको छ ।

आईआरडिएले तेस्रो पक्ष सवारी साधन बीमामा न्यूनतम दायित्व बहन गर्नुपर्ने मापदण्ड पालना नगरेको भन्दै १० लाख भारु जरिवना तिर्न आदेश दिएको छ । आईआरडिएले सन् २०१७।०१८ मा उक्त कम्पनीले ३९९.९४ करोडको तेस्रो पक्ष बीमा गरेर नियमनकारी निकायलाई ढाँटेर ३८० करोड मात्रै देखाएको थियो । सो तथ्य फेला परेपछि कम्पनीमाथि १० लाख भारु जरिवना तिराइएको भारतीय सञ्चार माध्यम लाईभमिन्ट डटकमले जनाएको छ ।

Prabhu
Crest

त्यसैगरी, सो कम्पनीमाथि दावी भुक्तानीका आवश्यक प्रक्रिया पूरा नगरेको आरोपमा थप पाँच लाख भारु जरिवना गरिएको छ । भारतीय नियमनकारी निकायले भारती एएक्सए जनरल इन्स्योरेन्स कम्पनीमाथि गत नोभेम्वरमा जरिवना तिर्न आदेश दिएको हो ।

भारतीय बीमा कम्पनीले नियमनकारी निकायलाई दिएको विवरण झूठा ठहरिएपछि यस्तो कारवाही गरिए पनि नेपाली बीमा कम्पनीहरुले दिने विवरण झुठा भएमा कुनै कारवाही गर्ने व्यवस्था छैन । बीमा समितिले निर्धारण गरेको बीमा पोलिसी समेत बीमा कम्पनी आफैले संशोधन गरी आफुखुशी जारी गर्दा समेत बीमा समितिले कुनै कारवाही नगरेको इतिहास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS