IME Life New

भारतीय नियामक निकायद्वारा एएक्सए जनरल इन्स्योरेन्स कम्पनीलाई २४ लाख जरिवना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको भारतीय नियामक निकाय बीमा नियमन तथा विकास प्राधिकरण (आईआरडिए) ले निजि क्षेत्रको बीमा कम्पनी भारती एएक्सए जनरल इन्स्योरेन्स कम्पनीलाई १५ लाख भारु अर्थात २४ लाख नेपाली रुपैयाँ बराबरको रकम जरिवना तिराएको छ ।

आईआरडिएले तेस्रो पक्ष सवारी साधन बीमामा न्यूनतम दायित्व बहन गर्नुपर्ने मापदण्ड पालना नगरेको भन्दै १० लाख भारु जरिवना तिर्न आदेश दिएको छ । आईआरडिएले सन् २०१७।०१८ मा उक्त कम्पनीले ३९९.९४ करोडको तेस्रो पक्ष बीमा गरेर नियमनकारी निकायलाई ढाँटेर ३८० करोड मात्रै देखाएको थियो । सो तथ्य फेला परेपछि कम्पनीमाथि १० लाख भारु जरिवना तिराइएको भारतीय सञ्चार माध्यम लाईभमिन्ट डटकमले जनाएको छ ।

Esewa
Crest

त्यसैगरी, सो कम्पनीमाथि दावी भुक्तानीका आवश्यक प्रक्रिया पूरा नगरेको आरोपमा थप पाँच लाख भारु जरिवना गरिएको छ । भारतीय नियमनकारी निकायले भारती एएक्सए जनरल इन्स्योरेन्स कम्पनीमाथि गत नोभेम्वरमा जरिवना तिर्न आदेश दिएको हो ।

भारतीय बीमा कम्पनीले नियमनकारी निकायलाई दिएको विवरण झूठा ठहरिएपछि यस्तो कारवाही गरिए पनि नेपाली बीमा कम्पनीहरुले दिने विवरण झुठा भएमा कुनै कारवाही गर्ने व्यवस्था छैन । बीमा समितिले निर्धारण गरेको बीमा पोलिसी समेत बीमा कम्पनी आफैले संशोधन गरी आफुखुशी जारी गर्दा समेत बीमा समितिले कुनै कारवाही नगरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS