काठमाडौं । प्रभु बैंकको इलाम शाखा कार्यालयले जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल इलामलाई आर्थिक सहयोग गरेको हो ।
शाखाले सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लान्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।
इलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले जिल्ला अस्पताल इलामका मे.सु. डा.प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।