Connect IPS
IME Life

लाभांश प्रस्ताव गरेको दिन शिखर इन्स्योरेन्सको यस्तो देखियो फ्लोरसिट ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ।  शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

बजार खुल्दा कम्पनीको बजार मूल्य आक्रामक रुपमा वृद्धि भएको थियो । कम्पनीको कारोवार १९४२ रुपैँयामा खुलेकोमा १९४४ को उच्च विन्दु सम्म बजार मूल्य पुगेको थियो । तर बजार बन्द हुँदा भने १९०० मुनी नै बन्द भएको छ। कम्पनीको बजार मूल्य २ दशमलव ४३ प्रतिशतले वृद्धि हुँदै १८९५ मा मूल्य बन्द भएको छ।

Prabhu
Crest

कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरे पनि बिक्री गर्ने लगानीकर्तानै केही आक्रामक भएको देखिन्छ । आज ५८ नम्बर ब्रोकरबाट शिखर इन्स्योरेन्सको १३ करोड २३ लाख बराबरको शेयर बिक्री भएको छ । त्यस्तै ब्रोकर नम्बर ४४ बाट १० करोड ९५ लाख बराबरको शिखर इन्स्योरेन्सको शेयर बिक्री भएको छ भने १७ नम्बर ब्रोकरबाट ७ करोड १५ लाख बराबरको शेयर बिक्री भएको छ।

आज शिखर इन्स्योरेन्सको ६९ करोड माथिको शेयर कारोवार भएकोमा ब्रोकर नम्बर ५८ बाट मात्र आजको कारोवार रकमको १९ प्रतिशत शेयर बिक्री बहेको छ भने ब्रोकर नम्बर ४४ बाट १५ र १७ नम्बर ब्रोकरबाट १० प्रतिशतको शेयर बिक्री भएको छ।

त्यस्तै खरिद तर्फ भने ४२ नम्बर ब्रोकरबाट ५ करोडको शेयर खरिद भएको छ भने ५८ नम्बर ब्रोकरबाटै ३ करोड ८२ लाख बराबरको शेयर खरिद भएको छ।

५८ नम्बर ब्रोकरले सर्वाधिक खरिद गर्ने दोश्रो नम्बर र सर्वाधिक बिक्री गर्ने पहिलो नम्बरमा भए पनि ५८ नम्बर ब्रोकर बाट ५१ लाख बराबरको मात्र म्याचिङ्ग कारोवार भएको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS