IME Life New

सूर्यविनायकमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ ।

उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरे ।

Esewa
Crest

कार्यक्रममा बोल्दै पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्ग जस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS