काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ ।
बैंकको १० दशमलव २७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको पुस १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा माघ ९ गते, शुक्रबार, बैंकको केन्द्रिय कार्यालय, बागबजार, काठमाडौँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।