IME Life New

बीमा समितिमा अध्यक्षको पद रिक्त हुदै, आधा दर्जन आकांक्षीहरु अध्यक्ष बन्ने दौडमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको अध्यक्ष पद यही पुस २३ गतेबाट रिक्त हुँदैछ । बीमा समितिमा अध्यक्ष नहुँदा शपथग्रहण लगायतका धेरै काम प्रभावित हुन सुरु भइसकेको छ । वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाई कार्यकाल सकिनु एक साता अघि नै छुट्टीमा बसेका कारण यतिबेला बीमा समिति अनौपचारिक रुपमा अध्यक्ष विहिन अवस्थामा छ ।

बीमा समितिमा २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार अर्थमन्त्रालयले २०७३ साल पुस २४ गते चिरञ्जीवी चापागाईलाई अध्यक्षमा नियुक्ती गरेको थियो । चापागाई यही पुस २३ गतेबाट कार्यकाल सकिने भएकोले एक साताअघि नै बिदामा बसिसकेका छन् ।

Esewa
Crest

सरकारले नयाँ अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गर्न ढिलाई गरेको छ । बीमा क्षेत्रको नियमनकारी निकाय हुनुको नाताले बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन भन्दा बढि आकांक्षीहरु दौडधुपमा लागेका छन् । बीमा समितिको अध्यक्ष हुनको लागि बीमा क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्ने व्यवस्था छ । बीमा ऐनमा यस्तो व्यवस्था भएपनि वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाई नेपाल राष्ट्र बैंकको निर्देशकबाट बीमा समितिको अध्यक्षमा नियुक्त भएका व्यक्ति हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशक भएकै नाताले बीमा समितिको अध्यक्ष बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि बीमा समितिको अध्यक्ष बन्न बीमा क्षेत्रमा काम गरेको विज्ञ हुनुपर्ने फैसला यसअघि नै गरिसकेको छ । सर्वोच्च अदालतको फैसला, बीमा ऐनका कारण यस वर्ष सरकारले नेपाल राष्ट्र बैंकको पृष्ठ भूमि भएकालाई मात्रै आधार नमान्ने अनुमान गरिएको छ । बीमा समितिको अध्यक्ष पदमा बीमा क्षेत्रमा केही न केही काम गरेको व्यक्ति छनौट गर्ने योजनामा काम भइरहेको अर्थ मन्त्रालय स्रोतले अनौपचारिक रुपमा जनाएको छ ।

यस पटक पनि बीमा समितिको अध्यक्ष बन्न नेपाल राष्ट्र बैंक पृष्ठभूमिका तीन जना व्यक्तिहरु दौडमा सबैभन्दा अगाडि छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी, नेपाल राष्ट्र बैंककै पूर्व निर्देशकद्वय कल्याण बन्दु अर्याल र लक्ष्मी प्रपन्न निरौला बीमा समितिको अध्यक्ष बन्ने दौडमा छन् । उनीहरु मध्ये शिवाकोटी वा अर्यालको सम्भावना बलियो भएको बताइन्छ । बीमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईले पनि बीमा समितिको अध्यक्ष बन्ने दौड त्यागेको छैनन् । बीमा समितिको अध्यक्षमा मन्त्रिपरिषदले पुनः नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाँई, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु लगायतले बीमा समितिको अध्यक्ष बन्ने दौडमा रहेको हालसम्म प्राप्त आकांक्षाबाट खुल्न आएको छ । यस बाहेक अन्य केही व्यक्तिहरु समेत भित्रभित्रै सक्रिय भएको हुनसक्ने आशंका गरिएको छ ।

उता, अर्थमन्त्रालयले बीमा समितिको अध्यक्ष नियुक्तीका लागि सर्च कमिटी गठन गरेको छैन । सर्च कमिटी गठन गर्नै बाँकी रहेकोले अझै कम्तीमा एक साता बीमा समितिमा नयाँ अध्यक्ष नियुक्तीको सम्भावना देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS