Connect IPS
IME Life

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज लक्ष्मी बैंक लिमिटेड​ र मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । लक्ष्मी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस १६ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको २०औं वार्षिक साधारण सभा पुस २८ गते, मंगलबार, बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

Prabhu
Crest

सभामा बैंकको मंसिर २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, मेगा बैंक नेपाल लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको वार्षिक साधारण सभा पुस २९ गते, बुधबार बैंकको केन्द्रिय कार्यलयमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ । बैंकको पुस २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS