काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सको १९ औं बार्षिक साधारणसभा आगामी पुस २८ गते आह्वान गरिएको छ । कम्पनीले आज दोस्रो पटक सूचना जारी गर्दै पुस २८ गतेका लागि साधारणसभा तोकेको जनाएको हो ।
साधारणसभा विहान १०ः०० बजे कम्पनीको कार्यालय हरिहर भवन पुल्चोकमा डाकिएको छ । साधारणसभामा वित्तीय विवरण पारित गर्ने, अडिटर नियुक्ती लगायतका नियमित प्रस्तावका अतिरिक्त ३.४ प्रतिशत बोनस शेयर तथा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, मर्जर जाने, गाभ्ने तथा गाभिन सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गर्नेछ ।