Connect IPS
IME Life

नेपालीलाई डलरमा खाता खोल्न पाउने नियम बन्दै, बार्षिक ५०० डलरको क्रेडिट कार्ड बोक्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हालसम्म बिना कुनै कारण नेपाली नागरिकलाई विदेशी डलरमा खाता खोल्न पाउने व्यवस्था छैन । लगानी, खाता सञ्चालन र विदेश भ्रमणका आधारमा मात्रै विदेशी डलरमा खाता खोल्ने अनुमति दिँदै आएका बैंकहरुले अब जोसुकै सर्वसाधारणलाई पनि विदेशी डलरमा खाता खोल्न पाउने गरी नेपाल राष्ट्र बैंकले विद्यमान कानुनहरु संशोधन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक वर्षमा पाँच सय डलरसम्मको बस्तु तथा सेवा नेपालमै बसेर अनलाईनको माध्यमबाट खरिद गर्न सक्ने र त्यसको लागि क्रेडिट कार्ड लिन पाउने सुविधा सहितको नयाँ व्यवस्था लागू गर्ने सम्बन्धमा तयारी गरेको छ । कन्द्रीय बैंकले सो कार्यको लागि आवश्यक सुझाव समेत पेश गर्न सरोकारवालाहरुलाई आह्वान गरेको छ ।

Prabhu
Crest

केन्द्रीय बैंकले सबै सर्वसाधारणले विदेशी मुद्रामा क्रेडिट कार्ड लिन पाउने गरी व्यवस्था गर्न लागेको जनाएको छ । केन्द्रीय बैंकले सम्बन्धित दिनको बिनिमय दरका आधारमा अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्रा जम्मा गर्न सक्ने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाएको छ । अनलाईनबाट बस्तु तथा सेवा खरिद तथा डलरमा खाता सञ्चालन गर्नको लागि स्थायी लेखा नम्बर पान अनिवार्य गरिने तयारी भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल हुण्डी निरुत्साहित गर्न र डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । यद्यपि यसले हुण्डी रोक्ने हो वा अन्धाधुन्द आयात बृद्धि हुने हो भन्नेबारेमा अहिले नै भन्न सकिने अवस्था छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS