Connect IPS
IME Life

चार अर्ब रुपैयाँको ‘सानिमा बैंक ऋणपत्र’ मा लगानी गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुरक्षित लगानीको रुपमा सानिमा बैंकले निष्काशन गरेको चार अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा लगानी गर्ने आज अन्तिम दिन हो । यही पुस १ गतेदेखि १५ गतेसम्मको मिति राखेर निष्काशन गरिएको ऋणपत्रमा संस्थागत लगानीकर्ताहरुको लागि सुनौलो अवसरको रुपमा हेरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा न्यून ब्याज दिइरहेको सन्दर्भमा ठूलो मात्रामा ऋणपत्र निष्काशन गरेको थियो । बार्षिक ८.५ प्रतिशत ब्याजदर दिइने ऋण पत्रका लागि आज बैंकिङ समयभित्रमा आवेदन दिइसक्नुपर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

१० वर्ष अवधि रहेको सो ऋणपत्रका लगानीकर्ताहरुलाई बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय त्रैमासिक समाप्त भएपश्चात भुक्तानी गर्ने जनाएको छ ।

उक्त ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्तामा निष्काशन गर्न लागिएको छ । निष्काशित कुल ऋणपत्रमध्ये दुई अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र एक अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS