काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ८ सय ७० रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू १००० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
त्यसैगरी, सिनर्जी पावर डेभलपमेण्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २०७ रुपैयाँ तोकेको छ । बिहीवार कम्पनीको प्रतिकित्ता रू २१७ मा अन्तिम कारोबार भएको थियो ।
लाभांश प्रस्ताव पारित गर्न आशा लघुवित्तले चौथो वार्षिक साधारण सभा पुस २५ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बोलाएको छ ।
त्यस्तै, सिनर्जी पावर डेभलपमेण्टले १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा पुस २२ गते आफ्नै रजिष्टर्ड कार्यालय, नक्सालमा बोलाएको हो ।