Connect IPS
IME Life

एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको ३ वटा कम्पनीको शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मुल्य ४८५ रुपैयाँ,  ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड​को २६९, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २४१ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

लगानीकर्ताले पुस १९ गते, आइतबारबाट माघ ४ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

10 page.indd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS