काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गतेबाट ५ लाख १५ हजार २ सय ४८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
फाइनान्सले मंसिर ४ गतेदेखि मंसिर २४ गते बुधबारसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार एक सय ६९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
मममलगानीकर्ताले पुस १७ गते शुक्रबारबाट पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम संस्थापकमा एक हजार कित्ता र सर्वसाधारणमा एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौँ, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौँ तथा प्रभु बैंक लिमिटेडका विराटनगर, विरगंज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।