IME Life New

एनआइसी एसीया बैंकको १० प्रतिशत बोनस सुरक्षित गर्न आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनआइसी एसिया बैंकको १० प्रतिशत सुरक्षित गर्नेे आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस चार गते साधारण सभा बोलाउन मंसिर १९ मा बुक क्लोज गर्दैछ । १८ गते सम्म कायम रहेको सेयरधनीले मात्र बोनस सुरक्षित गर्न सक्ने छन् ।


बैंकले कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले बोनसमा ८० करोड ३१ लाख ११ हजार ७०० रुपैयाँ र नगद लाभांशमा ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ खर्च गर्न लागेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७४÷७५ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि लगिनेछ ।
हाल एनआइसी एसियाको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS