IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पुस ९ गतेदेखि २४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको मंसिर ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३४औं वार्षिक साधारण सभा पुस २४ गते, शुक्रबार, एभरेष्ट होटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरू हुने बैंकले जनाएको छ ।

Esewa
Crest

सभामा बैंकको कार्तिक १३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४ दशमलव ८४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ११ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS