IME Life New

नेपाल एसबिआई बैंकको साधारण सभाको मिति तय, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २७औं वार्षिक साधारण सभा पुस २८ गते, मंगलबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुने बैंकले जनाएको छ ।

सभामा बैंकको मंसिर ४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३ दशमलव ४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

Esewa
Crest

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १५ गतेदेखि पौष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS