IME Life New

देशको अर्थव्यवस्था झनै बलियो, विदेशी मुद्रा संचिती १५ खर्ब नाघ्यो, आयातमा लगातार ह्रास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र आज गत कार्तिक महिनासम्मको देशको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार देशको अर्थतन्त्र झनै बलियो बन्दै गएको देखिएको छ ।

आज सार्वजनिक गरिएको विवरण अनुसार कूल विदेशी मुद्रा संचिती १६ खर्ब सात छ अर्ब भन्दा माथि पुगेको छ । तथ्याङ्क अनुसार कार्तिक मसान्तसम्ममा नेपालको कूद विदेशी मुद्रा संचिती १२ अर्ब ६५ करोड डलर रहेको छ । उक्त विदेशी मुद्रा संचितीले करिब १८ महिनालाई पुग्ने आयात धान्नेछ ।

Esewa
Crest

त्यस्तै, सूचांक अनुसार आयातमा लगातार ह्रास आउने क्रम जारी छ । कार्तिक महिनासम्ममा कूल आयातमा १०.६ प्रतिशतले ह्रास आएको छ भने निर्यात १०.८ प्रतिशतले बृद्धि भएको छ ।

विवरण अनुसार कार्तिक मसान्त सम्ममा संघीय सरकारले दुई खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको छ भने दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । कोभिडका कारण राजश्व संकलन गत वर्षको तुलनामा संकुचन गरिए पनि लक्ष्य अनुरुप नै राजश्व संकलन भइरहेको तथ्याङ्कले देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समेत गरी तीन वटै सरकारको खातामा नेपाल राष्ट्र बैंकमा दुई खर्ब २० अर्ब रुपैयाँ भन्दा बढि मौज्दात रहेको आज प्रकाशित विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS