IME Life New

नयाँ बीमा कम्पनी दर्ता गर्ने भन्दै व्यापारीहरुको चलखेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको पदावधी यही पुस २२ गतेबाट सकिदैछ । बीमा समितिका अध्यक्षको पदावधी सकिने बेला विगतमा झै नयाँ कम्पनी दर्ताको चलखेल सुरु भएको छ ।

यसअघि बीमा समितिको अध्यक्षको पदावधी सकिएर नयाँ अध्यक्ष नियुक्त हुने मौका पारेर ठूलो संख्यामा नयाँ कम्पनीहरु दर्ता भएका थिए । उक्त घट्नाको ठीक चार वर्षपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने भन्दै केही बजारियाहरुले भेटघाट, मिटिङ गर्न थालेका छन् । पछिल्लो पटक पर्यटकीय नगरी पोखरामा नयाँ कम्पनी दर्ता गर्न खोज्ने विभिन्न पाँच वटा समुहको बैठक भएको स्रोतले जानकारी दिएको छ । थप पाँच वटा नयाँ कम्पनी दर्ता गर्ने भन्दै लगानीकर्ताहरुसँग पैसा उठाउने काम समेत सुरु भएको एक स्रोतले जनाएको छ । स्रोतका अनुसार पाँच वटा नयाँ बीमा कम्पनी दर्ता गर्न प्रयासहरु भित्रभित्रै भइरहेको छ । जसमा एक वटा पुनर्बीमा कम्पनी समेत छ । अन्नपूर्णा रि इन्स्योरेन्स कम्पनी दर्ताको लागि एक ल फर्मले विभिन्न समुह तथा व्यक्तिहरुसँग प्रतिबद्धता पत्र पठाएर काम गरिरहेको छ ।

Esewa
Crest

त्यस्तै, बीमा समितिका पूर्व कर्मचारीले एउटा सहित थप चार वटा नयाँ निर्जिवन बीमा कम्पनी दर्ताको प्रयास बीमा समिति बाहिरैबाट भइरहेको छ । राजनीतिक पहुँच, नेतृत्वलाई प्रभावमा पारेर तरल राजनीतिको फाइदा उठाउँदै नयाँ कम्पनी दर्ता गर्न खोजिएको निष्कर्ष बीमा क्षेत्रमा गरिएको छ ।

बीमा समितिले भने नयाँ कम्पनीको दर्ता पूर्ण रुपमा बन्द गरेको जनाएको छ । नयाँ कम्पनी दर्ता खुल्ला नभएको अवस्थामा केही बिचौलियाहरुले बाहिर सबै प्रक्रिया तयार पारेर राख्ने र बीमा समितिमा निर्णय गराई केही दिनका लागि दर्ता खोलेर हठात नयाँ कम्पनीहरु दर्ता गरी पुनः बन्द गर्न सक्ने सम्भावनालाई नकार्न नमिल्ने अवस्था देखिएको छ ।

यसअघि पनि १०० रुपैयाँको शेयरमा ११० रुपैयाँ देखि १२५ रुपैयाँसम्म उठाई बीमा समितिका उच्च नेतृत्वलाई घुस खुवाएको विषयमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन भइसकेको छैन । यस पटक पुनः चलखेल सुरु भएपछि बीमा क्षेत्रमा माफियाले प्रवेश पाउन लागेको भन्दै सिंगो बीमा क्षेत्र चिन्तित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS