विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ५ गते सम्पन्न संचालक समिति बैठकले आर्थिक बर्ष २०७६÷७७ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले चार करोड २५ लाख ६५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २२ लाख ४० हजार रुपैयाँ नगद बाँड्नेछ ।
उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन पश्चात् लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।