IME Life New

२३ हजार जनाको कोरोना बीमाको फाईल सदर, १२ हजार जनाले बुझे रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई कोरोना बीमा दावी प्रस्तुत गरेका २३ हजार ५६ जनाको फाइल बीमा पुलले सदर गरेको छ ।*
बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना बीमाको लागि पेश भएका १२ हजार १९३ जनाले दावी भुक्तानी बुझेका छन् ।हालसम्म एक अर्ब १९ करोड सात लाख रुपैयाँ दावी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार कूल २३ हजार ५६ जनाको फाईल प्रमाणिकरण भई दावी भुक्तानीको चरणमा रहेको छ । बीमा समितिले पुस १ गतेसम्मको कोरोना बीमा दाबी भुक्तानी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो । विवरण अनुसार ५० जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरेको छ ।

Esewa
Crest

समितिका अनुसार दुई हजार १११ जनाको दावी प्रक्रियामा रहेको, दुई हजार ५५४ जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ११ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ ।

कोरोना बीमामाथि साढे छ अर्बभन्दा माथि दावी भुक्तानी परेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कमा कागजात पेश गर्न बाँकी बीमितको विवरण समावेश छैन ।

*संशोधन गरिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS