IME Life New

संस्थागत लगानीकर्ता बजारमा छिर्दा ११३० मा थामियो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अघिल्लो साता देखि घट्दै आएको नेप्सेले आज आइतबार थप निरन्तरता पाएको छ । साताको पहिलो दिन आज नेप्से १७.४७ अंकले घटेर ११३०.८९ मा बन्द भएको छ । बजार घटेर ३ वर्ष यताको न्यूनतम बिन्दुमा बन्द भएता पनि कारोबार रकममा आएको वृद्दिले केही उत्साहित बनाएको छ ।

आज दिनभर १५६ वटा कम्पनीहरूको १४ लाख ४२ हजार १३८ कित्ता शेयरको ४५ करोड ४६ लाख रकम बराबरको कारोबार भएको छ । जुन गएका केही साता यताको औषत कारोबार रकम भन्दा धेरै हो ।

Esewa
Crest

नेप्से परिसूचक ३ वर्षयताकै न्यूनतम विन्दुमा आएसँगै बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेश हुँदै आएको देखिएको छ । गएको केही दिनयता नेपाल बैंकको एफपिओबाट जारी शेयर सूचीकरणसँगै संस्थागत लगानीकर्ताहरू बजारमा नेपाल बैंकको शेयर किन्न प्रवेश गर्न सुरू गरेका थिए । यसैको निरन्तरता स्वरूप थप संस्थागत लगानीकर्ताहरू बजारमा प्रवेश गरेको देखिन्छ ।
आइतबारको कारोबारमा एनआइसि एशिया बैंक, सिद्धार्थ क्यापिटल अन्तरगतका म्यूचअल फण्डहरू, कामना सेवा विकास बैंक, एनएमबी क्यापिटल, सानिमा क्यापिटल, हाथवे इन्भेष्टमेन्ट लगायतका संस्थाहरूले विभिन्न कम्पनीहरूको शेयर खरिद गरेको कारोबारसँग सम्बद्ध दलाल व्यावसायीहरूले बताएका छन् ।
३ वर्ष यता कै न्यूनतम विन्दुमा बजार आएको मौका छोपी संस्थागत लगानीकर्ताहरूले खरिदमा चाप बढाउन थालेकाले कारोबार रकम अन्य दिनहरूको तुलनामा बढेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS