काठमाडौं । पश्चिमी वायूको प्रभावकले बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भेगमा थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम मध्य भूभाग आसपास रहेको भएपनि यो प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिमउत्तर पश्चिम दिशातिर सर्ने संभावना रहेको महाशाखाको माैसमी बुलेटिनमा उल्लेख छ।
आज दिउँसो देशभर साधराणतया बादल लाग्नेछ भने राति आज राति देशभर साधारणतया बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।












