IME Life New

जीवन विकास लघुवित्तले गर्यो १६० स्थानमा सामाजिक काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ । लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते सोमबार जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो ।

कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले जानकारी दिए ।

Esewa
Crest

स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अतिविपन्न परिवारको घर पुनःनिर्माण गरेको छ । शाखा कार्यालयहरुको अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अतिविपन्न नागरिकको घर पुनःनिर्माण गरिदिएको हो ।

जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन् । २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण गरेका छन् । २३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् । १२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन् ।

१९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेका छन् । चार वटा शाखाले शाखाको कार्यक्षेत्र भित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन् ।

२ स्थानमा चौतारी निर्माण गरेको छ । ५ वटा शाखाले बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन् । शाखा कार्यालयहरुले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रमलाई खाद्यान्य सहयोग, इको भिलेजमा वृक्षारोपण, एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन् ।

जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरुमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवविहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए ।

२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि निरन्तर रुपमा स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS