काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर १७ गतेदेखि विक्री खुला गरेको संस्थापक समुहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले १० लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयरमा आवेदकले आज पुस १ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रति शेयर ७२५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि आवेदन आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।