काठमाडौं । साताको तेस्रो दिन (मंगलबार ) नेप्से ५ दशमलव ७५ अंकले घटेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ।बैंकिङ्, माईक्रोफाइनान्स र जीवन बीमा बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ५ सय वटा कम्पनीको ९७ लाख ५५ हजार ५ सय ४७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफको ५२ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ३६ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने माहुली लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
मल्टीप्रपोज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशतले घटेको छ भने सिन्धु विका बैंकका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतले घटेको छ।