काठमाडौँ । विजय विकास स्रोत केन्द्रको स्वामित्वमा रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहको शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहको ४८ हजार ६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ७५ रूपैयाँ कायम गरिएको छ लगानीकर्ताले सो वा सो भन्दा धेरै मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने संस्थाले जनाएको छ ।
यस लिलामी शेयरमा पौष ७ गतेबाट माघ १२ गतेसम्म हाल कायम रहेका संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । संस्थाको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।