IME Life

मृत्यु दाबीका लागि पूरा गर्नुपर्ने प्रक्रिया के–के हुन् ? जानी राख्नुहोस्

SPIL
NIC ASIA

काठमाडौं ।  आमनागरिकले आपतकालिन अवस्थामा आर्थिक नोक्सानी हटाउनको लागि बचत गर्नुका साथै बीमा पनि गर्ने गर्दछन् । वर्षौंको मेहनतले कमाएको बचतबाट बीमाशुल्कको जोहो गर्दै बीमालेखलाई निरन्तरता दिने प्रयास हुन्छ। बीमा अवधिको समाप्तीमा बीमितले नाफा अर्थात् बोनश सहित बीमाङ्क रकम भुक्तानी प्राप्त गर्छन् । जीवन बीमा प्रायः १० देखि २० वर्षसम्म अवधिका लागि गरिने भएकाले बीमा परिवक्व हुने दिन नजिकिंदै जाँदा बडो व्यग्रताका साथ आम बीमितले परिपक्व हुने दिन कुरि रहेको हुन्छ।

बीमितले जीवन बीमाको दाबीबाट प्राप्त हुने प्रतिफलसहितको र ककमको सदुपयोग गर्ने योजना समेत बुन्न शुरु गर्छ । परिपक्व बीमाका लागि बीमितले बीमालेखको सक्कल प्रति र आफ्नो नागरिकता प्रमाणपत्र सँगै बैंक खाता विवरण उपलब्ध गराएको अवस्थामा एक देखि दुई कार्य दिनभित्र खातामै बीमावापतको सबै रकम दाबी भुक्तानी प्राप्त भइसक्छ।

Prabhu
Crest

यसको विपरित मृत्यु दाबीका लागि अलि बढी प्रकृयाहरु पुरा गर्नुपर्छ। मृत्यु दाबीका लागि मृत्युको कारण खुल्ने प्रमाण, मृत्यु दर्ता प्रमाण पत्र, बीमितसँगको नाता लगायतका विवरणहरु खुलाउनुपर्छ। बीमितले बीमालेखमा नै कुनै व्यक्तिलाई ईच्छ्याइएको व्यक्तिको रुपमा उल्लेख गरेको छ भने सोही व्यक्तिले, उल्लेख गरेको छैन भने नजिकको कानूनी हकवालाले बीमावापतको रकम दाबी गर्न सक्छन् । यसको लागि बीमितसँग नाता खुल्ने प्रमाण आवश्यक पर्छ। बीमा ऐन २०७९ को दफा १२७ मा यस सम्बन्धी अन्य विवरण उपलब्ध छ।

मृत्यु दाबीका लागि पुरा गर्नुपर्ने प्रकृया र आवश्यक कागजातबारे यहाँ उल्लेख गरिएको छः

१) जुनसुकै कारणबाट बीमितको निधन भएपनि बीमा कम्पनीलाई सक्दो चाँडो मृत्युको जानकारी गराउनुपर्छ । यस्तो जानकारी ईमेल, पत्राचार, टेलिफोन सम्पर्क, एसएमएस, सामाजिक सञ्जाल पेजमा उपलब्ध म्यासेज सुविधा लगायत जुनसुकै माध्यमबाट पनि गराउन सकिन्छ।

२) बीमितको परिचय खुल्ने कुनै कागज प्रमाण(नागरिकता, राष्ट्रिय परिचय पत्र, पासपोर्ट आदी)

३) बीमित मृत्युको समय, मिति र कारण समेत खुलाएर मृत्यु सम्बन्धमा बीमकलाई निवेदनमार्फत् लिखित जानकारी दिनुपर्छ।

४) पुरा विवरण उल्लेख गरेर भरिएको बीमा कम्पनीले उपलब्ध गराउने दाबी विवरण फारम । बीमा कम्पनीको वेबसाइटहरुमा उपलब्ध हुन्छ।

५) बीमितको मृत्यु दर्ता प्रमाण पत्र । कालगतीले मृत्यु भएको हो भने मृत्यु दर्ता प्रमाण पत्र । हर्ट अट्याक वा लडेर अन्य कुनै अप्रत्याशित कारणले निधन भएको हो भने सकेसम्म नजिकको अस्पतालको चिकित्सकले मृत्युको कारण खुलाएको प्रमाण समावेश गर्नुपर्छ।

६) बीमित र दाबीकर्ताबीचको नाता सम्बन्ध खुल्ने प्रमाण (नाता प्रमाणको कागज)

७) सक्कल जीवन बीमालेख।

८) दाबीकर्ताको नागरिकताको प्रमाण पत्र ।

९) दाबी कर्ताको बैंक खाता विवरण समेत उल्लेख गरिएको ग्राहक पहिचान फारम समेत पूर्णरुपले भरेर बीमकको कार्यालयमा निवेदन सहित दर्ता गर्नुपर्छ ।

१०) कुनै रोगको उपचारका क्रममा अस्पतालमा वा घरमा उपचार चलि रहेकै बेला निधन भएको हो भने त्यस्तो उपचार पुष्टी हुने अस्पतालको कागज प्रमाण बीमकलाई उपलब्ध गराउनुपर्छ । यसमा अस्पताल भर्ना हुँदा देखिको कागज लिएर उपचारको विभिन्न चरणहरु, औषधी, स्वास्थ्य परिक्षणको प्रमाणहरु समेत बीमकलाई उपलब्ध गराउनुपर्छ । यस्तो विवरण उपलब्ध नभएमा उपचार गरिएको अस्पतालको उपचार अभिलेख (मेडिकल रेकर्ड ) शाखामा निवेदन दिएर प्रमाणित प्रतिलिपि प्राप्त गर्न सकिन्छ।

दाबीकर्ताले बीमितको उपचार सम्बन्धी कागज प्रमाण र विवरण उपलब्ध नगराएको अवस्थामा वा लुकाउन खोजेमा बीमा कम्पनीले सिधै सम्बन्धित अस्पतालबाट यस्तो प्रमाण माग गर्न सक्छ, यसको कानूनी अधिकार बीमा कम्पनीलाई हुन्छ।

११) सडक दुर्घटना वा अरु कुनै कारणले दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा घटनास्थल प्रकृती मुचुल्का, शव जाँच प्रतिवेदन(पोष्टमार्टम रिपोर्ट) पनि समावेश गर्नुपर्छ ।

१२) बीमा कम्पनीले उपलब्ध गराएको मृत्यु दाबी सम्बन्धी कागजातको सूची अनुसारको सबै वा आंशिकरुपमा कागज पत्र उपलब्ध गराएपछि दाबीकर्ताले आफूले दर्ता गराएको निवेदनको दर्ता नम्बर र दर्ताको प्रमाण बीमकसँग माग गर्नुपर्छ। जीवन बीमा कम्पनीले दाबी भुक्तानीका लागि अनावश्यक दुःख दियो भने कम्पनीविरुद्ध नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न वा मुद्दा दर्ता गर्नका लागि दर्ताको प्रमाण उपयोगी हुन्छ।

बीमा गरेको छोटो समय अर्थात् १ देखि २ वर्षको अवधिभित्रै बीमितको अप्रत्याशित निधन भएको छ भने अनुसन्धानका लागि बीमकले विभिन्न कागजप्रमाणहरु माग गर्न सक्छन् । साथै बीमितको बसोबास रहेको स्थान वा मृत्यु भएको घटनास्थल वा अस्पतालहरुमा मृत्युको कारणबारे थप चासो राख्न सक्छन् । यस्तो अवस्थाको दाबी शंकास्पद दाबीको श्रेणीमा राखेर बीमकले दाबी भुक्तानी दिने नदिने निर्णय गर्नु अघि थप अनुसन्धान गर्नु आवश्यक ठान्छ ।

मृत्यु दाबीको अनुसन्धान पुरा भई सकेपछि बीमा कम्पनीले दाबी फर्छ्यौटको कागज तयार पारेर दाबी भुक्तानीको रकम सहितको विवरण उल्लेखित कागजमा हस्ताक्षर गर्नका लागि जानकारी वा सूचना पठाउँछ। यस्तो सूचना पाएपछि दाबीकर्ताले फर्छ्यौटको कागजमा हस्ताक्षरसहित औंठा छाप गरिदिएर भुक्तानीवापत प्राप्त हुने रकममा सहमति जनाउनुपर्छ ।

दाबीवापत प्राप्त हुने रकममा सहमति नभएको अवस्थामा दाबीकर्ताले बीमकलाई लिखितरुपमा आफूले पाउनुपर्ने दाबी रकम उल्लेख गरेर निवेदन दिनुपर्छ। यस्तो निवेदनको आधारमा पनि मागे जतिको रकम भुक्तानी दिन बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा सिधै नेपाल बीमा प्राधिकरणमा दाबीकर्ता वा मर्का पर्ने पक्षले लिखित उजुरी गर्न सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS