IME Life
Beema Board

स्वास्थ्य बीमाका कर्मचारीले फेसबुक चलाउन नपाउने, दाबी शाखाका कर्मचारीलाई मोबाइल बोक्न पनि रोक

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बोर्ड अन्तर्गत कार्यरत सबै कर्मचारीका लागि आचार स‌ंहिता लागू गर्ने निर्णय भएको छ। बोर्डको सञ्चालक समितिको पौष १३ गतेको बैठकले १० बुँदे आचारस‌ंहिता स्वीकृत गरेको हो।

स्वीकृत आचारसंहिता अनुसार कार्यालय समयमा सामाजिक सञ्जाल (फेसबुक, टुइटर, इन्स्टाग्राम, टिकटक ,लाइकी, लिङ्कडइन, युट्युब, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायत ) को प्रयोग गर्न बन्देज लगाइएको छ। यसैगरी दाबी व्यवस्थापन शाखा र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालय समयमा कार्यालय भित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुले कार्यालय वा व्यक्तिगत कामका लागि कार्यालयकै फोनको प्रयोग गर्नुपर्ने भएको छ। यी दुबै शाखाका कर्मचारीहरुलाई दाबी भुक्तानीसँग सम्बन्धित काममा स्वास्थ्य सेवा प्रदायक संस्थाबाट अनावश्यक प्रलोभन र दबाब दुबै आउने गरेको फेला परेपछि बोर्डले यस्तो आचारसंहिता लागू गरेको हो ।

Prabhu
Crest

यसैगरी बोर्ड र स्वास्थ्य बीमा कार्यक्रमको बारेमा सार्वजनिक धारणा राख्नु पहिले कर्मचारीले सो विषयसँग सम्बन्धित पदाधिकारीलाई जानकारी गराउनुपर्नेछ। विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा बोर्डका गोप्य सूचना वा सेवाका मूल्य मान्यता आचरण र सामाजिक मर्यादा विपरितका कार्य नगर्न पनि आचार संहिता मार्फत् कर्मचारीलाई सचेत गराइएको छ। यसबाहेक सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट तीनवटै तहका सरकारको आलोचना गर्न राजनैतिक टिप्पणी गर्न अपराधमा दुरुत्साहन गर्न तथा राष्ट्र हित विपरितको कुनै टिप्पणी गर्न वा त्यस्तो सामाग्रीलाई मन पराउन(लाइक) गर्न पनि आचार संहिताले बन्देज लगाएको छ।

समयको महत्वलाई बुझेर औपचारिक कार्यक्रमहरु तोकिएको समयमै शुरु र समापन गर्न पनि निर्देशन दिइएको छ। औपचारिक कार्यक्रमको उद्घाटन र समापन गरिसक्नुपर्नेछ।आचार संहिताले बैठकको समय १ घण्टामात्र तोकिदिएको छ। बोर्डमा प्राप्त भएका जुनसुकै फाइलका बारेमा बोर्ड व्यवस्थापनले ३ दिनभित्र निर्णय दिनु पर्नेछ। यसबाहेक निर्णय दिन नसकेको अवस्थामा कारण खुलाई बीमा बोर्डको सञ्चालक समितिलाई सूचना दिनुपर्नेछ। आचार संहिता पालनाको अवस्थाबारे अनुगमन गर्ने जिम्मेवारी बोर्ड व्यवस्थापनलाई दिइएको छ।

सञ्चालक समितिले स्वास्थ्य बीमा ऐन २०७४ को दफा १० बमोजिम प्रेषण सेवा सम्बन्धी व्यवस्था बमोजिम प्रेषण सेवालाई व्यवस्थित र विवेकसम्मत बनाउका लागि तयार पारिएको स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरेको छ।

बीमा बोर्डको सञ्चालक समितिको पौष १३ गतेको बैठकले स्वीकृत गरेको कार्यविधिमा बीमितलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको स्वास्थ्य संस्थामा गर्नुपर्ने भएको छ। यसैगरी एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको पुनः जाँचका लागि पुनः प्रेषण पूर्जी आवश्यक नपर्ने भएको छ। बोर्डका अनुसार आकस्मिक सेवाका लागि पनि प्रेषण पूर्जीको आवश्यक नपर्ने भएको छ। कार्यविधि अनुसार स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा नियमावली २०७५ को नियम २०(२) सँग सम्बन्धित अनुसूची ९ बमोजिमको प्रेषण पूर्जा अनुसारको विवरण भरी प्रेषण गर्नुपर्नेछ। सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा उपलब्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा अर्थात् रेफरल अन रिक्वेष्ट वा रेफरल अन डिमाण्डलाई बीमा सूचना व्यवस्थापनबाट अस्वीकृत गर्ने भएको छ। र यसवापत सेवा दिए पनि अस्पतालले बोर्डबाट सोधभर्ना लिन पाउने छैनन् ।

बोर्ड बैठकले स्वास्थ्य बीमा ऐन २०७४ मा तोकिएको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातीलाई नेपाल सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रकृया अगाडी बढाउने निर्णय गरेको छ।

बोर्डको सञ्चालक समितिले सेवाग्राहीबाट स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता प्रयोजनका लागि रकम बोर्डको बै‌ंक खातामा जम्मा गरि सकेपछि मात्र बीमा सूचना प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्टी गर्नुपर्ने निर्देशन दर्ता सहयोगी र दर्ता अधिकारीका लागि जारी गरेको छ। दर्ता सहयोगीले भौगोलिक दुर्गमताका कारण बै‌ंक खातामा तत्कालै रकम जम्मा गर्न संभव नभएको अवस्थामा ५० हजार रुपैयाँ वा दुई हप्ताको समयमध्ये जुन चाँडो हुन्छ त्यति रकम वा अवधिभित्र बै‌ंक खातामा रकम जम्मा गरिसक्नुपर्ने भएको छ।

सञ्चालक समितिको बैठकले सुविधा थैलीमा समावेश गरिएको औषधी र उपचार सेवाको मूल्य पुनरावलोकनका लागि १ महिनाभित्र प्रतिवेदन पेश गर्न सञ्चालक समिति सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ। यसैगरी स्वास्थ्य बीमा कार्यक्रमको दायरा फराकिलो बनाउने विषयमा आवश्यक अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य डा‍. मुक्तिराम श्रेष्ठलाई जिम्मेवारी दिइएको प्रेस नोटमा उल्लेख छ। करार सेवाका कर्मचारीको सेवा सुविधा सम्बन्धी कार्यविधि २०८० लाई विस्तृत अध्ययन गरी अर्को बैठकमा पेश गर्ने निर्णय भएको बोर्डले जानकारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS