IME Life

निर्जीवन बीमा भनेको के हो, यो कसको लागि र किन महत्वपूर्ण छ ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा एक निश्चित अवधिको लागि गरिने करार हो । भौतिक सम्पत्तिको जोखिम बहन गर्ने माध्यम हो, निर्जीवन बीमा । बीमक र बीमितका बीच गरिने लिखित सम्झौतालाई बीमा करार भनिन्छ । करार गर्दा बीमा कम्पनी र बीमित दुबै पक्षको दायीत्व निर्धारण गरिएको हुन्छ । बीमालेखमा उल्लेखित बीमाशुल्क रकम तोकिएको समय भित्रै भुक्तानी गर्नुपर्ने कर्तव्य बीमितको हुन्छ। बीमालेखमा तोकिएको शर्तको अधिनमा रहेर निश्चित अवधि बीमा गरिएको सम्पत्ति वा विषयवस्तुमा हानि नोक्सानी भएमा वा व्यक्ति आदिको मृत्यु वा अङ्गभङ्ग भएमा सम्बन्धित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने दायीत्व बीमकमा हुन्छ।

निर्जीवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जीवन शब्दले सम्पत्ति र दायीत्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केहि अंशलाई समेत समेटेको हुन्छ । सामन्यतया चल, अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधीपचार खर्च, तेस्रो पक्ष दायीत्व, उत्पादन दायीत्व, विदेश यात्रामा पर्ने जोखिम लगायतको बीमा हुन्छ । सामान्य अर्थमा बुझ्नुपर्दा जीवन बीमा बाहेकका सबैखालको बीमालाई निर्जीवन बीमा भनिन्छ ।

Prabhu
Crest

सामान्य बीमा, निर्जीवन बीमा हो। जीवन बीमाको वर्गमा नपर्ने कुनै पनि बीमा योजना निर्जीवन बीमाको अंश हो । नेपालमा १४ वटा ठूला र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यी सबै कम्पनीले निर्जीवन बीमकको हैसियतमा काम गर्नका लागि नेपाल बीमा प्राधिकरणबाट इजाजत पाएका छन् ।

निर्जीवन बीमा योजनाको मुख्य प्रकारहरुः

मोटर बीमाः
मोटर बीमा यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारी साधनहरु जस्तै मोटरसाइकल, कार, बस लगायतका अन्य उपकरहरु यस बीमा भित्र पर्दछन् । सडकमा मोटर गुडाउँदा चालकको लापरवाही वा अन्य कुनै कारणले सवारी साधन दुर्घटनामा पर्ने जोखिम जहिल्यै पनि हुन्छ। त्यसैले सवारी साधनको बीमा गराएर स‌ंभावित दुर्घटनाका कारण आइपर्न सक्ने जोखिम वा क्षतिको वित्तीय भारलाई कम गर्न सकिन्छ ।

मोटर बीमा अन्तर्गत पनि निम्न प्रकारका बीमालेख उपलब्ध छन्ः

१. अनिवार्य तेस्रो पक्षप्रतिको दायित्व बीमाः सवारी ऐनको प्रावधान अनुसार सवारी साधन बीमामा तेस्रो पक्ष बीमा अनिवार्य छ । सडकमा गुड्ने प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनमा सवारीधनीले तेश्रो पक्ष बीमा अनिवार्य गरेकै हुनुपर्छ। आफ्नो सवारी साधनले अरुलाई हानी नोक्सानी पुर्याएमा, त्यस्तो हानीको क्षतिपूर्ति दिने बीमालाई तेस्रो पक्ष बीमा भनिन्छ ।

२. व्यापक (प्योकज) बीमाः दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षति, दुर्घटना स्थलबाट ग्यारेजसम्म मोटर तानेर वा ढुवानी गरेर लैजाने खर्च, आफ्नो मोटरले अरुको मोटर, सम्पति, बटुवा वा पंक्षी, चौपाया आदिलाई क्षति वा हानी पुर्याएमा आइपर्ने वित्तीय नोक्सानीको अवस्थाबाट जोगिन यो बीमा गरिन्छ । जस्तै, व्यक्ति र सम्पत्तिलाई हुने क्षति, चालक र अन्य यात्रुको जोखिम, मोटरको बाहिरी आवरण कुच्चिएमा वा रङ्गरोगन उप्किएमा, कुनै पार्टपूर्जामा क्षति पुगेमा, कतै दुर्घटनामा परेर मोटर मर्मत गर्नुपरेमा वा काम नलाग्ने भएमा, आपतकालीन सहायता, इन्जिन र गियरबक्स सुरक्षा, साँचो प्रतिस्थापन बीमालगायतको सुविधा यस अन्तर्गत बहन गरिएको हुन्छ।

बीमा गरिएको मोटर नेपाल बाहेक भारत, बंगलादेश र भुटानको सडकमा समेत कुदाउँदा दुर्घटनामा परेमा नेपालको बीमा कम्पनीले क्षतिपूर्ती दिने प्रावधान मोटर बीमालेखमा गरिएको छ।

अग्नि बीमाः
अग्नि बीमा निर्जीवन बीमा अन्तर्गत अग्नि बीमा पर्दछ । अग्नी बीमा भनेको भवन, भवन भित्र राखिएका सामान, मेशिनरी लगायत स्थिर सम्पत्तिका लागि गरिने बीमा हो । दुर्घटनावश ज्वाला निस्केर दुर्घटना भएको अवस्थालाई अग्नी भनिन्छ । यस्तो अवस्थामा हुने नोक्सानीविरुद्ध क्षतिपूर्ती दिने गरी जारी गरिने बीमालेखलाई अग्नि बीमालेख भनिन्छ । अग्नीबाट क्षति हुँदा क्षतिपूर्तिका लागि बीमा गर्ने व्यक्ति र बीमा कम्पनिका बीचमा गरिने करारलाई अग्नि बीमा भनिन्छ । बीमालेखमा उल्लेखित शर्त वा अवस्था अन्तर्गत भविष्यमा आगलागि भएर बीमा गरिएको सम्पत्ती वा भवनमा नोक्सानी भएमा त्यसको सबै क्षति बीमा कम्पनीले व्यहोर्नुपर्छ।

सामुन्द्रिक बीमाः
सामुन्द्रिक बीमा व्यापार वा व्यवसाय गर्दा वा अन्य काम गर्दा एक ठाउँबाट अर्को ठाँउ सामान लैजादा दुर्घटना हुनसक्छ । मालसामान एक ठाँउबाट अर्को ठाँउमा सामुद्रिक मार्गमा पानी जहाजमार्फत् ओसारपसार गर्दा हुने क्षति बेहोरिदिने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ। विशेगरी समुद्रपार व्यापार वा आयात निर्यात कारोबारका लागि सामुद्रिक मार्गको प्रयोग गर्नै पर्ने बाध्यता भएको व्यवसायका लागि सामुद्रिक बीमा अनिवार्य हुन्छ। नेपाल र बंगलादेशबीच वा नेपाल र भारतबीच स्थलमार्गमार्फत् हुने आयात निर्यात कारोबारका लागि सामुद्रिक बीमा आवश्यक छैन।

नेपाली व्यापारीले चीन वा अन्य कुनै तेश्रो मुलुकबाट सामुद्रिक मार्ग हुँदै भारतीय बन्दरगाहमार्फत् मालवाहक कन्टेनरमा मालसामान आयात गर्दा सामुद्रिक बीमालेख खरिद गरेका हुन्छ। भारतीय समुद्री बन्दरगाहमा पानी जहाजमार्फत् आइपुगेको मालबाहक कण्टेनर त्यहाँबाट स्थलमार्ग वा रेलमार्ग हुँदै नेपालको भन्सार बिन्दूसम्म ल्याइन्छ। यसरी नेपालले आयात र निर्यात दुबै कारोबारमा भारत, ब‌ंगलादेश र भुटान बाहेकका मुलुकसँग कारोबार गर्नुपर्दा स्थल र जलमार्ग दुबैको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

हवाई बीमाः

हवाई यातायात पनि जोखिमबाट मुक्त क्षेत्र भने हाइन् । विभिन्न प्रकारका क्षति र नोक्सानी हुने खतरा यो क्षेत्रमा पनि व्याप्त रहेको छ । हवाई दुर्घटनामा हुने जनधन, मालसामान आदिको हानि नोक्सानी बेहोर्ने बीमालाई हवाई बीमा भनिन्छ ।

यात्रा बीमाः
यात्रा बीमा एक प्रकारको सामान्य बीमा हो । यत्राका क्रममा विदेश वा स्वदेशमा सामान र पासपोर्ट हराउने, चिकित्सा आपतकालिन उद्धार, उडान रद्द, आदि जस्ता यात्रा सम्बन्धी जोखिम बहन यो बीमाले गर्छ। यात्रा शुरु हुनु भन्दा कम्तीमा पनि १५ दिन पूर्व यात्रा बीमा गर्नु उपयुक्त मानिन्छ। यात्रा बीमा विशेषगरी नियमितरुपमा विदेश भ्रमणमा जानेहरुका लागि एकदमै अनिवार्य हुन्छ। यात्रा बीमा अन्तर्गत देश विशिष्ट योजनाहरू एशिया,सान्जेन, संयुक्त राज्य अमेरिका, र क्यानडा, विश्वव्यापी आवरण, आकस्मिक चिकित्सा खर्च, दुर्घटना सम्बन्धित आपतकाल उद्धार, अस्पताल भर्नाको लागि दैनिक नगद भुक्तानी, आकस्मिक मृत्यु, अपहरण, राहदानी र सुटकेश हराउनु, छुटेको र रद्द गरिएका हवाई उडानका कारण भएको नोक्सानीको तोकिएको क्षतिपूर्ती, चिकित्सा र अङ प्रत्यावर्तन, स्थायी असक्षमता, आर्थिक आपतकालीन सहायता  लगायतको जोखिम बहन गर्छ।

भवन बीमाः
भवन बीमा एक प्रकारको सामान्य बीमा हो । भवन वा घरलाई चोरी, डकैती, प्राकृतिक प्रकोप जस्तै बाढी, आगलागी, भूकम्प, हावाहुरी र मानव निर्मित घटना जस्तै दङ्गा, आगजनी आदिबाट हुने क्षति विरुद्ध जोखिम बहनको सुरक्षा प्रदान गर्दछ । जस्तै, आगो, डकैती र चोरी, बिजुली, प्राकृतिक प्रकोप, मानव निर्मित खतरा, आकस्मिक क्षति, वैकल्पिक आवास, आतंकवाद, घरभित्र प्रयोगमा रहेका विद्युतीय उपकरण, गहना र मूल्यवान वस्तुहरू, साइकलका साथै छिमेकमा पुग्न जाने नोक्सानीको दायीत्व लगायतका जोखिमहरु बहन गर्छ।

स्वास्थ्य बीमाः

स्वास्थ्य बीमा पनि निर्जीवन बीमा अन्तर्गतको एक प्रकारको बीमा हो । यो बीमा अन्तर्गत व्यक्तिगत र सामूहिक स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुन्छ। संस्थागत वा पारिवारिक ग्राहकले सामूहिकरुपमा स्वास्थ्य बीमाको छनौट गर्न सक्छन् । सामूहिक बीमा गर्दा प्रति व्यक्तिका हिसाबले तुलनात्मकरुपमा थोरै बीमाशुल्क भुक्तानी गर्नुपर्छ। यसबाहेक व्यक्तिगत स्वास्थ्य बीमा पनि अर्को एक विकल्प हो । कुनै व्यक्तिले आफ्नो मात्र स्वास्थ्य उपचारको जोखिम बहनका लागि खरिद गरेको स्वास्थ्य बीमा यस्तो प्रकारको बीमा हो । स्वास्थ्य बीमा अन्तर्गत सामान्य स्वास्थ्य जाँच, अस्पताल भर्ना, औषधि खरिद, शल्यकृयालगायतको खर्च बीमा कम्पनीले नै व्यहोर्ने शर्त हुन्छ। यसका लागि बीमितले तोकिएको बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गरेको हुनुपर्छ।

नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम पनि स्वास्थ्य बीमा अन्तर्गत नै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS