IME Life
Beema Board

संस्थागत सुशासन कमजोर हुँदा प्राधिकरणको कारवाही पर्नेमा नम्बर वन बन्यो नेपाल लाइफ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। नेपाल लाइफको पहिलो त्रैमासिक अवधिको कारोबार सम्बन्धमा स्थलगत अध्ययनका क्रममा अन साइट इन्स्पेक्शन टोलीले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणको सञ्चालक समितिको बिहिबार बसेको बैठकले नेपाल लाइफलाई जरिवाना गर्ने निर्णय गरेको प्रबक्ता राजुरमण पौडेलले इन्स्योरेन्स खबरलाई बताए ।

स्थलगत अनुगमनका क्रममा प्राधिकरणको कर्मचारी सम्मिलित टोलीले नेपाल लाइफमा आधा दर्जन् भन्दा बढी अनियमितता फेला पारेपछि लिखित स्पष्टीकरण मागेको थियो । नेपाल लाइफको तर्फबाट पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभएको निष्कर्ष सहित प्राधिकरणको छानबिन टोलीले कारवाहीको सिफारिश सहित सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गरेकोमा सञ्चालक समितिले कारवाहीको निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफले दाबी भुक्तानीमा बीमितलाई दुःख दिने क्रम बढ्यो, नयाँ बीमा नगरे दाबी नपाइने

नेपालको जीवन बीमा बजारमा रणनीतिकरुपमा महत्वपूर्ण रहेको नेपाल लाइफ इन्स्योरेन्समा चरम बेथिती देखिएकोमा इन्स्योरेन्स खबरले पटक पटक तथ्य सहित समाचार प्रकाशन गरेको थियो। प्राधिकरणको अनुगमन टोलीले समेत चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम् त्रैमासिक अवधिको कारोबार सम्बन्धमा स्थलगत अनुगमन गर्दा कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर स‌ंस्थागत सुशासन र कमजोर सेवाग्राही मैत्री सेवा प्रवाहको अवस्था फेला पारेको हो । स्थलगत अनुगमन टोलीले गत कात्तिक महिनामै कारवाहीको सिफारिश सहित प्रतिवेदन पेश गरेपनि नेपाल लाइफबाट प्रभावित प्राधिकरणको सञ्चालक समितिका बहुसंख्यक सदस्यहरुले नेपाल लाइफविरूद्ध कारवाहीको निर्णय गर्न अस्वीकार्दै आएका थिए । तथ्य र प्रमाण सहित नेपाल लाइफको कमजोरी फेला परेपछि पनि कारवाही नगरेको अवस्थामा बीमा उद्योगमै विकृती मौलाउने भन्दै कर्मचारी र प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले अडान लिएपछि मात्र सञ्चालक समितिले जरिवाना गर्ने निर्णय गरेको हो।

नेपाल लाइफमा चरम बेथिती, व्यापार खस्किएपछि बीमितबाट पैसा नपाएपनि बीमालेख जारी

नेपाल लाइफको उच्च व्यवस्थापनले बीमितबाट कम्पनीको खातामा प्रथम् बीमाशुल्कवापतको रकम जम्मा नहुँदै उधारोमै नयाँ बीमालेख जारी गरिएको फेला परेको थियो ।बीमा ऐन २०७९ को दफा ६४(२) मा बीमकले पुरा बीमाशुल्क नलिई बीमालेख जारी गर्न हुँदैन भन्ने स्पष्ट प्रावधान छ। नेपाल लाइफले यो प्रावधानलाई पटक पटक उल‌ंघन गर्दै बीमालेख बिक्री कार्यलाई निरन्तरता दिएको खबर इन्स्योरेन्स खबरले प्रकाशन गरेपछि बीमा ऐन २०७९ को प्रावधान अन्तर्गत जरिवानाको निर्णय गर्न प्राधिकरण सञ्चालक समिति बाध्य भएको हो।

नेपाल लाइफको कर्मचारी विनियमावली सिइओको खल्तीमा,स्वीकृत भएको ३ महिनासम्म पनि हार्डकपि छैन

बीमा ऐन दफा १३८(४) को प्रावधान अनुसार ऐनको उल‌ंघन गर्ने बीमकलाई पहिलो पटकका लागि २ लाख रुपैयाँ, दोश्रो पटकका लागि २५ लाख रुपैयाँ र तेश्रो पटक वा सोभन्दा बढीका लागि पटकै पिच्छे ५० लाख रुपैयाँका दरले जरिवाना गर्न नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिसँग अधिकार छ। नेपाल लाइफले बीमा ऐनको प्रावधानहरुको उल‌ंघन पहिलो पटक नभई पटक पटक गर्दै आएकाले कम्तीमा पचास लाख रुपैयाँ जरिवाना गर्नुपर्ने अवस्था विद्यमान छ।
नेपाल लाइफले कर्मचारी नियुक्तिमा स‌ंस्थागत सुशासन उलंघन गरेको, तोकिएको समयमै वित्तीय विवरण पेश नगरेकोमा यस अघि प्राधिकरणले नगद जरिवाना गरिसकेको छ। प्राधिकरण(साबिक बीमा समिति)ले नेपाल लाइफलाई यसअघि  २०७९ मा असार आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पूर्व निर्धारित समय सीमाभित्र पेश नगरेकोमा १० हजार रुपैयाँ जरिवाना गरेको थियो । यसैगरी चैत्र २०७८ मा अर्द्ध वार्षिक समिक्षाका क्रममा स‌ंस्थागत सुशासन उल‌ंघन गरेको फेला परेपछि १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । अमित कुमार कयाललाई पूर्व अनुभव बिना नै सिधै नायब महाप्रबन्धक पदमा नियुक्ति दिइएकोमा उजुरी परेपछि प्राधिकरणले साथै  २०७८ माघ १४ गते नेपाल लाइफलाई १० हजार रुपैयाँ नगद जरिवाना गरेको थियो । त्यसैगरी स‌ंस्थागत सुशासन निर्देशिकाको प्रावधान विपरित संचालक समिति सदस्यद्वय कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिमा संयोजक नियुक्त गरेकोमा थप दश हजार रुपैयाँ जरीवाना गरेको थियो ।

 

थप जरिवानाको पालो आउँदैः

नेपाल लाइफ इन्स्योरेन्स विरुद्ध नियामक नेपाल बीमा प्राधिकरणले गर्ने जरिवानाको श्रृ‌ंखला अझै पनि रोकिने स‌ंभावना देखिएको छैन । पौष महिनाको अन्त्य भएलगत्तै नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले थप ४ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने प्रबल स‌ंभावना छ। नेपाल लाइफले अझैसम्म पनि दुई आर्थिक वर्ष २०७८।७९ र २०७९।८० को लेखा परिक्षण प्रतिवेदन प्राधिकरण समक्ष पेश गर्न सकेको छैन । गत आवको लेखा परिक्षण प्रतिवेदन यही पौष महिना भित्र पेश गर्नुपर्नेमा अघिल्लो आर्थिक वर्षकै प्रतिवेदन तयार पार्न सकेको छैन । बीमा ऐनमै जरिवानाको व्यवस्था भएकाले नेपाल लाइफले प्राधिकरणको सञ्चालक समितिका केही सदस्यलाई अनुचित प्रभावमा पारेपनि जरिवानाबाट उम्किन सक्ने स‌ंभावना न्यून छ।
कम्पनी रजिष्ट्रारकाे कार्यालयले २०७९ चैत्र १५ गते नेपाल चार्टर्ड अकाउण्टेन्ट संस्थालाई जारी गरेको पत्र अनुसार जरिवानाको रकम तिर्नुपर्ने दायीत्व नेपाल लाइफले स‌ंस्थागतरूपमा नभएर नियामकलाई ताेकिएकाे समयभित्र विवरण, सूचना वा जानकारी उपलब्ध नगराएका कारण लाग्ने जरिवाना भुक्तानी गर्नुपर्ने दायीत्व कम्पनीको स‌ंचालक वा कर्मचारी स्वयमकाे हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS