SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफको कर्मचारी विनियमावली सिइओको खल्तीमा,स्वीकृत भएको ३ महिनासम्म पनि हार्डकपि छैन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा नियामक नेपाल बीमा प्राधिकरणलाई अटेर गर्दै कर्मचारी सेवा शर्त विनियमावली २०७९ पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले श्रम ऐनको प्रावधान ‘खाईपाई आएको सुविधा’ विपरित नहुने गरी सशर्त विनियमावली लागू गर्न स्वीकृत गरेकोमा इन्स्योरेन्स व्यवस्थापनले सञ्चालक समितिबाट स्वीकृत विनियमावली नै हुबहु कार्यान्वयनमा ल्याएको हो ।

नेपाल लाइफले गत साउन १५ गते प्राधिकरणमा स्वीकृतका लागि पेश गरेकोमा प्राधिकरणले साउन ३२ गते सशर्तरुपमा विनियमावली स्वीकृत गरेको थियो । प्राधिकरणले दिएको निर्देशन अनुसार विनियमावली स‌ंशाेधन गरेर अनुमोदनका लागि मुद्रित प्रति नेपाल लाइफले प्राधिकरण समक्ष पेश गर्नुपर्नेमा अझैसम्म पेश गरेको छैन ।श्रम ऐनमा कर्मचारी तथा श्रमिकले खाइपाई आएको सेवा सुविधा कटाैती गर्न नपाइने प्रावधान स्पष्ट रहे पनि नेपाल लाइफको व्यवस्थापनले आवास कर्जा, सवारी कर्जा, वार्षिक ग्रेडको सुविधा कटाैती गरेको छ।

Prabhu
Crest

श्रम ऐनले न्यूनत्तम सेवा सुविधाको हद तोकेको भएपनि अधिकत्तम सेवा सुविधा नतोकेकाले कम्पनीले आम्दानीको आधारमा सेवा सुविधा तोक्ने तर्क गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्य जीवन बीमकको तुलनामा अधिक सेवा सुविधा दिइरहेको जिकीर गरेका छन् । नेपालको जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा अधिक हिस्सा ओगटेको यो कम्पनीले कर्मचारी सेवा सुविधा कटाैतीका लागि अन्य कम्पनीलाई प्रतिस्पर्धी कम्पनीको रुपमा इ‌ंगित गर्दै सेवा सुविधा कटाैती जायज भएको दाबी गरेको छ। प्राधिकरणले सशर्त स्वीकृत गरेपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले गत भदाै ६ गते प्राधिकरणलाई पत्र लेख्दै अन्य कम्पनीहरुको तुलनामा बढी सेवा सुविधा प्रदान गर्दै आएको जिकीर गरेका थिए ।

पराजुलीले नियामकलाई नै अर्ती उपदेश दिने प्रयास गर्दै भनेका छन्,नेपाल लाईफका कर्मचारीहरुको सेवा सुविधाको सम्बन्धमा निर्णय लिंदा अन्य कम्पनीहरुले उपलब्ध गराएको सेवा सुविधाको तुलनात्मक अध्ययनको लागी समेत हार्दिक अनुरोध गर्दछौं ।

विनियमावलीलाई प्राधिकरणले सशर्त स्वीकृत गरेको अनाैपचारिक जानकारी पायाै‌ं,तर अजैसम्म विनियमावली देख्न पढ्न पाएका छैनाैं,पीडित कर्मचारी भन्छन्, शायद सिइओको टेबलमुनी लुकाएका छन् ।  यसै पत्रको आधारमा नेपाल लाइफले प्राधिकरणको निर्देशन अटेर गर्ने दुस्साहस जारी राखेको छ। विनियमावली स्वीकृत गरेको तीन महिनासम्म पनि मुद्रित प्रति पेश नगरी प्राधिकरणलाई नै चुनौती दिएर बसेका छन ।

प्राधिकरणले नेपाल लाइफलाई दिएको निर्देशनको व्यहोराः

नेपाल बीमा प्राधिकरणमा पेश गरेको कर्मचारी सेवा शर्त विनियमावली २०७९ प्राप्त तहाँको मिति २०८०।४।१५ च.नं. ११७।७९।८० बाट प्राप्त भए बमोजिम तहाँको सञ्चालक समितिको ३४९, ३५० र ३५९ बैठकबाट स्वीकृत भएको बीमकको कर्मचारी सेवा शर्त विनियमावली २०७९ र आर्थिक विनियमावली २०७९ स्वीकृतीको लागी पेश भएकोमा आर्थिक विनियमावली २०७९ पेश भए बमोजिम लागू गर्न स्वीकृति दिइएको छ । कर्मचारी सेवा शर्त विनियमावली २०७९ को हकमा प्रस्तावित विनियमावलीको अनुसूची ६,कर्मचारी सेवा शर्त विनियमावली २०७९ को दफा ३ को खण्ड क को वार्षिक ग्रेड, तथा १६ को घरजग्गा, अपार्टमेण्ट कर्जा सुविधा तथा दफा ९ बमोजिमको चारपाङग्रे सवारी साधन सुविधा अन्तर्गतको ऋण सुविधाको प्रस्तावित शर्त तथा प्रकृया अव्यवहारिक भई कर्मचारीलाई मासिक आर्थिक भार पर्ने देखिएकोले उल्लेखित सुविधाहरुको हकमा साबिककै विनियमावली २०६३ व्यवस्था कायम हुने गरी व्यवस्था गर्न र अन्य व्यवस्थाहरुको हकमा प्राधिकरणबाट मार्गदर्शन जारी नभएसम्मको लागी  श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ एवम् प्रचलित कानून बमोजिम हुने गरी प्रस्तावित कर्मचारी सेवा शर्त विनियमावली २०७९ लागू गर्न स्वीकृत दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।

प्राधिकरणको निर्देशन अटेर गर्ने दुस्साहस गर्दै नेपाल लाइफका सिइओ पराजुलीले दिएको प्रतिकृयाः

महोदय
तहाँको मिति २०८०।०४।३२ प.सं. ८०।८१ च.नं. ७७९ पत्रमार्फत् आर्थिक प्रशासन विनियमावली २०७९ मा स्वीकृत गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । कर्मचारी सेवा शर्त विनियमावली २०७९ को सम्पूर्ण प्रावधान कानून बमोजिम नेपाल बीमा प्राधिकरणबाट मार्ग दर्शन जारी नभएकोले श्रम ऐन २०७४ तथा श्रम विनियमावली २०७५ को व्यवस्थाहरुको अक्षरशः पालना गरी कम्पनी सञ्चालक समितिबाट पारित गरी स्वीकृतिको लागी पेश गरिएको व्यहोरा अवगत नै छ । प्रचलित कानूनले कर्मचारीले पाउने पारिश्रमिक, सेवा तथा सुविधाको न्यूनत्तम मापदण्ड तोकेको र सोलाई पालना गर्नु बाध्यकारी रहने तथा न्यूनत्तम मापदण्डभन्दा बढी सुविधा प्रदान गर्ने विषय कम्पनीको आम्दानी, लाभांश वितरणको अवस्था लगानी प्रतिफलको स्तर तथा प्रतिस्पर्धी बीमा कम्पनीहरुले आफ्नो कर्मचारीलाई उपलब्ध गराईरहेको सेवा सुविधालाई समेत मध्यनजर गरी निर्णय लिनुपर्ने हुन्छ। विनियमावलीमा उल्लेखित सुविधाहरु कम्पनीको आर्थिक अवस्थाले उपलब्ध गराउन सक्ने अधिकत्तम हदको सुविधाको व्यवस्था गरिएको हो । जुन प्रतिस्पर्धी बीमा कम्पनीहरुले उपलब्ध गराउँदै आएको सुविधा भन्दा अधिकत्तम नै रहेको व्यहोरा अनुरोध छ।
 कम्पनीले पनि आर्थिक दायीत्व हुने निर्णय लिंदा कम्पनीको शेयरवाला, लाखाै‌ं बीमित समेतको हितलाई मध्यनजर राखी लिनुपर्ने भएकोले सोही आधारमा उल्लेखित व्यवस्था गरिएको हो । नेपाल लाईफका कर्मचारीहरुको सेवा सुविधाको सम्बन्धमा निर्णय लिंदा अन्य कम्पनीहरुले उपलब्ध गराएको सेवा सुविधाको तुलनात्मक अध्ययनको लागी समेत हार्दिक अनुरोध गर्दछौं । अन्त्यमा समग्र बीमा क्षेत्रमा कार्यरत कर्मचारीमध्येको अधिकत्तम सेवा सुविधा व्यवस्था गरी कर्मचारी सेवा शर्त विनियमावली २०७९ प्रस्तावित भएको व्यहोरा अनुरोध गर्दछु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

87%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS