IME Life

भूकम्प पीडितलाई सिन्धु विकास बैंकको २ लाख ५० हजार आर्थिक सहयोग

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प पीडितको सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैँया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत भुकम्प पिडितलाई आर्थिक सहयोग प्रदान गरको बैंकले जनाएको छ ।

विगतका वर्षदेखि नै सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेको तथा भविष्यमा समेत यस्ता सहयोगहरु जारी रहने बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बताए ।

Crest

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS