IME Life
Beema Board

बीमा पेशालाई माया गर्दा अनगिन्ती सफलता पाइदो रहेछ: सिटिजन लाइफकी एजेन्सी म्यानेजर सरीना लामिछाने

SPIL
NIC ASIA

काठमाडौं । काठमाडौंको गोठ्ठाटारमा जन्मिएकी ‘सरीना लामिछाने विवाह गरी राजधानीको धर्मस्थली, महांकाल तारकेश्वरस्थित वडा नम्बर ६ मा पुगिन् । छोटो समयमा बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल एजेन्सी म्यानेजर हुन्, । जनसंख्याशास्त्र र सामाजिकमा स्नातक तहसम्मको अध्ययन पुरा गरी स्नाकोत्तर तहको अध्ययन जारी राखेकी छिन् । बीमा क्षेत्रमा काम गर्दा पनि उनले आफ्नो अध्ययनलाई भने अघि बढाइ राखिन् ।

बीमा क्षेत्रमा पाईला आरम्भ गर्दा एकपछि अर्को सफलता
बीमा क्षेत्रमा २०७८ साल पुस ९ गते उनले आफ्नो पहिलो पाईला राखेकी थिइन् । उनले सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ताको रुपमा आफ्नो बीमा क्षेत्रको यात्रा शुरु गरेको जनाएकी छिन् । अन्य कुनै पनि बीमा कम्पनीमा आफू आबद्ध नभएको र आगामी दिनमा पनि सायद अरु कम्पनीमा जाने आफ्नो कुनै लक्ष्य नरहेको लामिछानेको भनाई छ ।  बीमा अभिकर्ताकोे लाइसेन्स लिएर काम गरेको तीन महिनामै उनी एजेन्सी म्यानेजर बन्न सफल भएकी छिन् । अहिले माथिल्लो पदमा पदोन्नती हुने लक्ष्य लिएर आफूले निरन्तर मिहिनेत गरी रहेकी छिन् । हालसम्म उनले तीन सय पचास जनाको बीमा गराईसकेकी छिन् ।

Prabhu
Crest

अन्य पेशा व्यवसाय जस्तै बीमा क्षेत्रमा पनि धेरै अवसरहरु रहेको उनको अनुभव छ । विदेशमा पैसाको रुख नै हुने जसरी विदेशिनुभन्दा स्वदेशमै श्रम गर्नुपर्छ भन्ने उनलाई लाग्छ । विदेशमा पनि रुखबाट पैसा टिपिने नभएकाले उनले नेपालमा पनि परिश्रम गरेर आर्जन् गर्न सकिने अपार संभावना रहेको भन्दै अरुलाई हौंसला दिन्छिन् ।

शिक्षण पेशा छाडेर बीमामा
बीमा क्षेत्रमा आबद्ध हुनु अघि लामिछाने शिक्षण पेशामा थिईन् । अध्यापनका क्रममा उनको घाँटीमा एक्कासी संक्रमण देखिन पुग्यो । घाँटीमा देखिएको संक्रमणले उनलाई अध्यापन पेशाबाट विमूख बनायो । लामो समय उनी बेरोजगार भएर बसिन् । त्यसपछि उनले बीमा क्षेत्रमा आफू आबद्ध भएको सुनाईन् । लामिछानेले कोही पनि बाहिर जाने वा अन्य पेशा गर्छु भन्ने तयारी गरिरहेको छ भने आफ्नो घर परीवारलाई पनि समय दिएर कमाई गर्न सकिने बीमा एजेन्सी पेशामा आबद्ध हुन पनि उनले सुझाव दिएकी छिन् । बीमा पेशामा मनग्ये कमाई हुने र लगानी नै गर्नु नपर्ने पक्ष चाहिँ उनलाई निकै सुन्दर लाग्ने गर्छ । साथै, यस्तो सुविधा बीमा एजेन्सी पेशामा मात्रै रहेकाले हामीले त्यसको लाभ लिनु पर्ने उनको सल्लाह छ । उनले सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो पेशामा जति धेरै समय दिन सकियो त्यति धेरै सफता पनि मिल्दै जान्छ ।

एक पटक ठूलै विवाद आएपनि छाडिनन् बीमा
कुन व्यवसायमा के कस्ता जोखिम छन् ? भन्ने कुरा कसैले देखेको हुँदैन । जोखिमबाट पर भाग्नु भन्दा पनि त्यससँग डटेर सामाना गर्नुपर्छ भन्ने एजेन्सी म्यानेजर लामिछानेलाई लाग्छ । उनको व्यक्तिगत जीवनमा पनि योसँग जोडिएको एउटा प्रसङ छ । बीमा पेशालाई अगाल्दै गर्दा बीमाप्रति आफ्नो श्रीमान् र परिवारहरु निकै नकारात्मक थिए तर पछि श्रीमान र परिवारले बीमा बुझेपछि मलाई निकै सहज भयो घर परिवारको साथ पाएर आज म यहाँसम्म आइपुग्न सफल भए उनले भनिन् । अहिले भने आफ्नो घर परिवार र श्रीमान् निकै सकारात्मक हुनुहुन्छ । परिवारकै साथले गर्दा म अएमडिआरटी बन्न सफल भए ।  बीमा कै कारण श्रीमानलाई लिएर सिंगापुर र मलेसिया भिजिटको लागि समेत पुग्न सफल भए । राम्रो दिन आउनलाई नराम्रो दिनको सामाना गर्नुपर्ने उनको भनाई छ ।

बीमितको घरमा घटेको अविष्मरणीय घटना
त्यस्तै उनीसँग जोडिएको अविष्मरणीय घटना फुटुङ भन्ने ठाउँमा घटेको थियो । लामिछानेले एकदिन बीमाको बारेमा केही मानिसहरुलाई जानकारी दिएकी थिईन् । एक महिलाको श्रीमान्ले बीमाबारे बुझेपछि उनले बीमा गर्न घरमा नै बोलाएका थिए । त्यसरी उनी बीमा गर्ने क्रममा ती पुरुषको घरमा जाँदा उनकी श्रीमतिले बीमा गर्नु आवश्यक छैन भन्दै हात हालाहालको स्थितिमा समेत पुगेको उनीसँग तितो अनुभव छ । उनले आफ्नो कठालोमा समातेर घरबाट निस्कन ति महिलाले गरेको नमिठो दुव्र्यवहार सम्झिँदा बीमाबारे ज्ञान कमी भएकाले यस्तो भएको हुनसक्छ भन्ने महशुस गर्ने गरेकी थिईन् । लामिछानेले त्यस्तो अवस्थामा पनि आफू नआत्तिएको बताईन् । त्यसको भोलिपल्ट ति पुरुषले बालाजुमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखामा पुगेर पाँच लाख रुपैयाँ बराबरको बीमा गराएका थिए । उनले त्यसलाई पनि आफ्नो शहनशीलताले दिएको सफलता नै मानेकी छिन् ।

पछि घटनाक्रम यस्तो भयो कि ती बीमा नगरौं भन्ने महिलाकी श्रीमान् (बीमित ) लाई क्यान्सर रोगले सताएको रहेछ । आफ्नो श्रीमान् बिरामी भएपछि ति महिलाले बीमा गराएकी अभिकर्ता उनै लामिछानेलार्ई नै हत्तपत्त फोन गरेर घरैमा बोलाईन् । उनले त्यति बेलामा घरमा बोलाएर धन्यवाद दिएको क्षण उनलाई निकै स्मरणीय बन्न पुगेको छ ।

छोटो समयमा प्रगती हाँसिल
सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर लामिछानेले बीमामा प्रवेश गरेको छोटो समयमा नै ठूला प्रगतिहरु हासिल गर्न सफल भएकी छिन् । उनले सन् २०२२ मा एमडीआरटीको उपाधि पाउन सफल भएकी थिइन् । बीमा क्षेत्रमा उत्कृष्ट व्यवसाय आर्जन गरेर अब्बल कार्य क्षमता प्रदर्शन गरेका केही अभिकर्ताहरुले मात्रै सो सुनौलो अवसर पाउँछन् । उनले एमडीआरटीसँगसँगै गोल्ड क्लब र डाईमण्ड क्लब समेत प्राप्त गर्न सफल भएकी छिन् । लामिछानेले एकै पटक जो कोहीले सफलता हाँसिल गर्ने नभई एकपछि अर्को गरेर सफलताको शिखर चढ्ने बताएकी छिन् ।

जीवनशैलीमा ठूलो परिवर्तन्
उनले बीमा अभिकर्ता पेशामा लागेपछि यसले मानिसको आनिबानी र जीवनशैलीमा समेत ठूलो परिवर्तन ल्याउन अनुभव सुनाइन् । जीवनशैलीमा स्तरोन्नती हुनुको एक मात्रै कारण भनेको आर्थिक आर्जन हो भन्ने उनलाई लाग्छ । लामिछानेले बीमा क्षेत्रमा आर्थिक आय आर्जनको साथै जनसम्पर्क बढउने, नयाँ ठाउँको अवलोकन गर्न पाउने तथा कुनै पनि व्यक्तिको आत्मविश्वास र निजको व्यक्तित्व प्रष्फुटन गराउने ठाउँहरुमा बीमा अभिकर्ता पेशामा प्रशस्त रहेको बताएकी छिन् ।

बीमाको माध्यमबाट समाज सेवा
एजेन्सी म्यानेजर लामिछानेले आफू हालसम्म अन्य सामाजिक संस्थाहरु आवद्ध हुने अवसरहरु नमिले पनि बीमा क्षेत्रको माध्यमबाट नागरिकको सेवा गर्न पाउँदा उनलाई गर्व लाग्ने गरेको छ । बीमामा लाग्नु अघि उनले आफूले सामान्य जीवन बिताएको इन्स्योरेन्स खबरलाई जानकारी दिएकी छिन् ।

त्यस्तै, बीमा अभिकर्ता पेशामा आबद्ध भएसँगै उनको जीवनमा नसोचेका परिवर्तनहरु समेत आएका छन् । विगतमा थोरै रकम र आफ्ना घर खर्च टार्न समेत उनले श्रीमानकै भर पर्नुपर्ने अवस्था थियो । अहिले उनलाई आफ्ना व्यक्तिगत, घरायसी र अन्य गर्जो आफ्नै कमाईले पनि पुरा गर्न सक्ने भएकी छिन् । साथीभाईहरुसँग घुम्न, खान र बजारमा आएका नयाँ महङ्गा पहिरनहरु लगाउनु पनि उनको लागि सामान्य बनिसकेको अवस्था छ ।

बीमा क्षेत्रमा काम गरेपछि अहिले कसैसँग विगतको जस्तो दुईचार पैसा ल्याउनु भनेर माग्नु नपर्दा पनि यो बीमाले दिएको एउटा ठूलो सबल पक्ष हो भन्ने उनी आफैलाई महशुस हुन्छ । उनले पैसाले कसैलाई पनि नपुग्ने भए पनि अहिले बीमा अभिकर्ताबाट हुने कमाई भने मनग्ये नै रहेको छ ।

मानिसहरुले हेर्ने दृष्टिकोण बदलिएको छ
मानिसहरुले आफूलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको फेरबदल आएको एजेन्सी म्यानेजर लामिछानेलाई प्रत्यक्ष महशुस भएको छ । हिजो आफूलाई देख्दा भन्दा आज नजिकिनेहरुको संख्या बढेको र नसोचेका सम्मानहरु पाउँदा उनलाई बीमा पेशाले व्यक्तित्व विकास गरेको उनले बताएकी छिन् । त्यस्तै, मानिसहरुले आफूहरुलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको भन्दै उनले बीमा क्षेत्र प्रति आफू निकै आभारी रहेको बताएकी छिन् । साथै, बीमा क्षेत्रमा लाग्ने अधिकांश एजेन्सीहरुको जीवनमा यस्तै परिवर्तन आउने भएकाले पनि एजेन्सी म्यानेजर लामिछानेले यूवाहरुलाई निर्धक्क रुपमा एजेन्सी पेशामा आबद्ध हुन पनि सुझाउँछिन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS