IME Life
Beema Board

बीमाले रोजगारी मात्र नभई व्यक्तिको पहिचान पनि स्थापित गर्छ: रीता अधिकारी एजेन्सी म्यानेजर सिटिजन लाइफ

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमक सिटिजन लाइफकी एजेन्सी म्यानेजर हुन्, रीता अधिकारी । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ मा जन्मिएकी उनको बसाई अचेल ललितपुर जिल्लाको कुमारीपाटीमा छ । अध्ययनमा उनले शिक्षा विषयमा स्नातक तहको उपाधी हासिल गरेकी छिन् । उच्च शिक्षा अध्ययन सँगसँगै जागिर गर्न चाहनेका लागि बीमा निकै राम्रो विकल्प रहेको उनको अनुभव छ । अभिकर्ताकोरुपमा उनको परिचय मेट लाइफबाट शुरु भएपनि व्यवसायीक यात्राले गती भने सिटिजन लाइफबाट पाएको हो ।

बाहिरबाट देखिने भन्दा धेरै भिन्न रहेछ बीमा
जीवन बीमाले मानिसलाई धेरै थोक दिन्छ । अझ अभिकर्ता पेशामै सकृय भएर लाग्नेका लागी त यो व्यवसायीक क्यारियरकै टर्निङ प्वाइण्ट बनेर आइ दिन्छ । अभिकर्ता पेशामा आफ्नो दशक लामो यात्राबारे खुलाउँदै अधिकारीले भनिन्, यो पेशाको मुख्य आकर्षण भनेको जीवनशैलीमा परिवर्तनसँग सामाजिक छबि र व्यापक जनसम्पर्क ।

Prabhu
Crest

बीमाले आफूलाई मात्र नभई अरुलाई पनि खुसी दिने
हाम्रो समाजमा वित्तीय व्यवस्थापनबारे खासै चेतना अझैसम्म हुन सकेको छैन । पैसा भएर पनि भविष्यको पैसाको खाँचोलाई अहिले नै कसरी व्यवस्था गर्नेबारे अभिभावकलाई आइडिया हुँदैन । त्यही आवश्यक्ता र आइडिया बीचको खाडल पुर्नका लागि हामी अभिकर्ता शुभेच्छुक र सल्लाहकारको भूमिकामा उभि दिन्छौं,सिटिजन लिडर अधिकारी भन्छिन्, यति गरेपछि उनीहरु बालबच्चाको शिक्षा दिक्षा र सामाजिक व्यवहारबाट मुक्त हुन्छन् भने हामीलाई पनि दुई पैसा आम्दानी हुन्छ । उदाहरणकै लागि भन्ने हो भने बाल भविष्य बीमा योजनामा बच्चा १६ वर्षको नहुँदासम्म अभिभावकको समेत जोखिम बहन हुन्छ । एउटै बीमाले गार्जियन र बच्चा दुबैलाई समेट्छ,सीमित आम्दानी हुनेदेखि लिएर मनग्ये आम्दानी हुने तर ऋण व्यवहार टन्नै हुनेका लागि पनि यो गज्जबको विकल्प हुन्छ । बीमा पेशा आफ्नो लागि मात्र नभई आफूसँग आवद्ध हुने व्यक्तिहरुको लागि पनि लाभदायी हुने भएकाले उनलाई बीमा निकै नै सुन्दर लाग्ने गरेको बताउँछिन् ।

अन्य पेशाभन्दा बीमा नै उत्तम लाग्यो
अधिकारी बीमा पेशा बाहेक शिक्षण पेशामा समेत आबद्ध छिन् । प्रारम्भमा सरकारी र पछि निजी विद्यालयमा अध्यापनको अनुभव छ, उनीसँग । त्यसरी सरकारी र निजी विद्यालयमा पढाए पनि उनलाई सबैभन्दा धेरै पेशागत सन्तुष्टी बीमाले नै दिएको छ । विद्यालयमा आफूले दशौं वर्ष पढाए पनि उनलाई बीमामा छोटो समयमा पैसा र प्रतिष्ठा दुबैका हिसाबले धेरै सन्तुष्टी मिलेको छ ।

महिलाका लागि बीमा सहज पेशा
कुनै पनि कामका लागि महिला र पुरुष भन्ने हुँदैन । तर हाम्रो परम्परागत सामाजिक संरचनाले महिलाका लागी केही अप्ठेरो र साँघुरो घेरा बनाई दिएको छ । घर बाहिर जागिर गरे पनि घर व्यवहारको सबै काम गर्नैपर्ने । यस्तो अप्ठेरो संरचना रहेको नेपाली समाजमा महिलालाई आत्म सम्मान्, आर्थिक स्वतन्त्रता र पारिवारिक व्यवहारको सन्तुलन मिलाउन ठ्याक्कै मिल्ने पेशा भनेको मेरो अनुभवमा शायद बीमा अभिकर्ता पेशा नै हो । यो पेशामा यति उति घण्टा, यो दिन त्यो दिन भन्ने हुँदैन, तर निरन्तरको प्रयास र सकृयता चाहिँ आवश्यक हुन्छ, उनले भनिन्,गृहणीले परिवार र पेशाका लागि सहजै समय दिन सक्ने भएकाले यो महिला मैत्री पेशा हो जस्तो लाग्छ ।

नेपालमै बसेर विदेश जतिको कमाई हुने हो भने धेरै युवाहरु विदेश नजाने उनको अनुमान छ । उनले त्यस्तो पेशा अरु कुनै नभएर बीमा नै बन्न सफल भएको भन्दै खुशी समेत व्यक्त गरेकि छिन् । आगमी दिनमा नयाँ पुराना सबै साथीहरुले बीमालाई गहिराईमा बुझ्दै जानु पर्ने र धेरै परिचित हुन पाइने, विभिन्न किसिमका सम्मान पाउने पेशामा बीमालाई बुझ्नु पर्ने बताउँछिन् ।

अहिले उनलाई बीमा गराउन गाह्रो छैन । सुरुवाती दिनमा केही मिहीनेत र दौडधुप भए पनि अहिले भने ग्राहकहरुले आफूलाई खोज्दै आउँने गरेका अनुभव समेत उनीसँग छ । सुरुदेखि हालसम्म उनीले पाँचसय जनाभन्दा धेरै जनाको बीमा गराईसकेकी छिन् । अहिले त्यही पहिला बीमा गराएका कतिपय बीमितकै सिफारिशमा बीमाका लागि नयाँ ग्राहक समेत भेट्टाउन सहज भएको छ । खुशी हुँदै उनले भनिन्, यो सब भनेकै उहाँहरुले म र सिटिजन लाईफ प्रति गरेको विश्वासकै कारण संभव भएको हो।

बीमामा रहेका सुन्दरपक्षहरु
बीमामा धेरै किसिमका सुन्दर पक्षहरु विद्यमान रहेको उनको आँकलन छ । मानिसको जीवनशैली परिवर्तनदेखि आफूले सोचेको भन्दा धेरै कमाई हात पार्न बीमाले सघाउँछ । व्यापार व्यवसाय गर्दा वा विद्यालयमा पढाउँदा कमाई मात्र हुने भए पनि बीमाले भने नसोचेको पैसा बचाउन सिकाउने अनुभव उनको छ । उनलाई बीमाका यस्ता पक्षहरु निकै सुन्दर लाग्ने गरेको छ । अन्य पेशा व्यवसायमा नपाइने सफलता बीमाले छोटो समयमा नै दिने भएकाले उनलाई बीमा निकै सुन्दर र व्यवस्थित पेशा लाग्ने गरेको छ ।

आफ्नै रोजाईमा छिरेकी थिइन बीमा क्षेत्रमा
एउटा सह सचिवको श्रीमतिले के काम गर्छिन् होला ? कि त कामै नगरी घरमै आराम गर्छिन् वा अन्य कुनै सरकारी कार्यालयमा ठूलै ओहोदामा काम गर्छिन् । यो आम मान्छेले सोच्ने र सोच्दै आएको कुरा हो । तर बीमा क्षेत्रले त्यस्तो भ्रम चिर्न सफल भएको छ भने नयाँ सत्य पनि स्थापित गर्दै आएको छ । त्यो हो आफ्नो परिवारका कुनै पनि आफ्न्त वा सदस्यहरु बीमामा नलागेको बेलामा केही व्यक्तीहरु बीमा क्षेत्रमा लागेका छन् र दैनिक सफलता समेत हाँसिल गरि रहेका छन् । उनले पनि आफ्नो श्रीमान नेपाल सरकार अन्र्तगत उपसचिव रहेको बताएकी छिन् भने आफ्नो स्वविचारले बीमामा लागेको बताउँछिन् । उनको यो भनाई कैयौ यूवाका लागि प्रेरणा समेत बन्न पुगेको छ । उनी आफैं पनि बीमाको मामिलामा भाग्यमानी नै छिन् । दुई दशक अघि नै उनले जीवन बीमा गर्ने निर्णय गरेकीले आउँदो वर्ष २० वर्षे जीवन बीमा परिपक्व हुँदैछ । जीवन बीमाबारे उनमा शुरुदेखि नै परिवारजनबाट सकारात्मक प्रभाव परेको थियो ।

आफूले प्रशिक्षित गरेका नयाँ अभिकर्तालाई उनले बीमाले आफू बाँच्ने काम मात्र नभएर अरुलाई समेत बचाउन सघाउँछ भन्ने सन्देश दिएर हौंस्याउने गरेकी छिन् । उनी थप्छिन्, शायद त्यही भएर होला म पनि यो पेशाबाट अलग्गिने बारे सोच्न सक्दिन । एक घर एक अभिकर्ता हुनुपर्छ भन्दै उनले बीमालाई अहिले घरदैैलो कार्यक्रमको रुपमा हेर्ने गरेको बताईन् । कोही पनि व्यक्ति बीमाको सुरक्षाबाट पर हुन नहुने भावना लिएर आफूले काम गरेको उनले बताएकी छिन् ।

बीमाले आफ्नै हित गर्ने साथि रहेछ
केहीले बीमालाई नबुझेर बीमा आफ्नो लागि नभएको जस्तो सोचाई राख्ने गरेको उनले सुनाइन् । बीमालाई जति नजिकबाट नियाल्यो, यो त्यति नै आफ्नो नजिकको साथी रहेको उनको आफ्नै अनुभव छ । बीमा गर्दा आफैले वा आफ्नो परिवारले पत्यक्ष लाभ पाउने भएकाले पनि बीमालाई अरुको लागि भन्दा पनि आफ्नै लागि उपयुक्त भएको बुझ्न उनले सबैलाई अनुरोध गर्छिन् । बीमितहरुको मायाकै कारण आज आफू अहिले पेशागत उपलब्धी हासिल गरेको सम्झिंदै उनले इमान्दार भएका काम गर्दा बीमा क्षेत्रका जो कोहीले पनि सम्मान् पाउने अवसर धेरै रहेको बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

13%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS