IME Life
Beema Board

वित्तीय रुपमा बलियो बन्दै सन नेपाल लाइफ, जीवन बीमा कोष करीब ७ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
३ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ४९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११.०६ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब २६ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १४ करोड २५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ५ अर्ब ६५ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २३.१५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९६ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.७२ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २९ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड १९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ०.९८ प्रतिशतले घटेको हो।

समिक्षा अवधिमा कम्पनीले २२ करोड ९७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.५७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.११ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS