Connect IPS
IME Life
Beema Board

पहिले मन पर्दैन थियो ‘बीमा अभिकर्ता’ पेसा, अहिले यही पेसाले फेरियो अस्मिताको प्रोफाइल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फेन्सी व्यवसायी अस्मिता गौतम अहिले बीमा क्षेत्रमा परिचित छिन् । बेनी नगरपालिका–४ पुलाचौरमा जन्मघर भएकी अस्मिताको कर्मघर भने बागलुङ नगरपालिका–११ रायडाँडा हो । आफ्नै व्यापार–व्यवसाय गर्दै आएकी अस्मिता अहिले सिटिजन लाइफको बागलुङ शाखामा सिनियर एजेन्सी म्यानेजरको भूमिकामा छिन् । अस्मिताको दिनचर्या व्यवसायसँगै बीमा शिक्षा प्रदान गर्दै बित्छ । २०३६ सालमा जन्मिएकी अस्मिताले एलएसलीसम्म्को अध्ययन गरेकी छन् ।

अस्मिता सहकारी संस्थाकी सचिवसमेत हुन् । विभिन्न सामाजिक क्षेत्रमा जोडिएकी अस्मिता लायन्स क्लब, मानवअधिकार तथा शान्ति समाजका साथै महिलाको हकहितका लागि काम गर्दै आएकी छन् ।

Prabhu
Crest

अस्मिता आफ्नै व्यवसाय खुसी फेन्सी स्टोर चलाउँदै आएकी थिइन् । उनको व्यापार पनि धेरै राम्रो थियो । सोही क्रममा अस्मिताको पसलमा रेगुरल आउने कस्टमर कमलादेवी शर्मा चापागाईं थिइन् । ‘उनी सिटिजन लाइफकी ब्रान्च म्यानेजर रहेछिन् । उनले अभिकर्ता बनेर काम गर्नुस्, तपाइँ त व्यापारी मान्छे धेरै ग्राहक आउँछन्, बीमा गराउन सजिलो हुन्छ’ भन्ने प्रस्ताव राखिन् । ती कस्टमर कमलाको भनाइलाई अस्मिताले बेवास्ता गरिन् । अस्मितालाई बीमा पहिलाबाट नै मन नपर्ने । ‘मैले बीमा गराउन सक्छु र’ भन्ने भ्रम उनमा थियो । त्यो भ्रमलाई छिच्चोल्दै कमलाको प्रस्तावलाई अस्मिताले धेरै अनुरोधमा ६ महिनापछि स्वीकार गरिन् । अन्ततः अस्मिताले २०७६ सालमा लाइसेन्स लिई काम गर्न थालिन् । कमलाको त्यो आग्रहले नै आज अस्मिता बीमा क्षेत्रमा चिनिन सफल भइन् । अहिले अस्मिताले ती कमलालाई धर्म भाइबुहारीसमेत बनाएकी छन् । उनको साथ र सपोर्टले आज अस्मिता सफल अभिकर्ता बन्न पुगेकी छन् ।

बीमा अभिकार्ता पेसाको लाइसेन्स हात पारेपछि अस्मिताले पहिलो बीमा आफ्नै आफन्तबाट गरिन् । त्यो पनि आफ्नै दिदीको छोरीले बच्चाको बीमा गराई बचत गर्नुपर्यो कुन कम्पनी ठीक होला भनेपछि अस्मिताले आफ्नै कम्पनीमा गराइन् । त्यसपछि त अस्मिताले राम्रो बीमा व्यवसाय गर्न थालिन्। सुरुको बीमा सहज रुपमा गर्न सफल भएपछि उनलाई अभिकर्ता पेसामा नै केही पर्छ भन्ने हिम्मत जाग्यो, जसले आजको यो अवस्थामा ल्याइपुर्यायो ।

पाँच वर्षअघि मात्रै बीमा अभिकर्ता पेसामा प्रवेश गरेकी अस्मिता यस पेसाबाट सन्तुष्ट रहेको बताउँछिन् । अभिकर्ता पेसाले आफ्नो प्रोफाइल नै परिवर्तन गरेको अस्मिताको भनाइ छ । अभिकर्ता पेसामै जोडिएपछि अस्मिताको जीवनशैली मात्रै फेरिएन विचार र सोचाइसमेत फेरियो । बीमा अभिकर्ता बनेपछि अस्मिता आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछिन्। अभिकर्ता पेसाामा प्रवेश गरेपछि कसरी बोल्नेलगायतका स–साना कुरादेखि ठूल्ठूला कुरामा समेत परिवर्तन भएको उनले बताइन् । अभिकर्ता पेसामा लागेपछि अस्मिताले हरेक तह र तप्काका मान्छेसँग भेट्ने मौका पाइन् । साथै, समाजको अध्ययन गर्ने अवसर मिलेको उनको अनुभव छ ।

बीमा सबैका लागि महत्वपूर्ण रहेको अस्मिताको भनाइ छ । ‘बीमा गरिब र पैसा नहुनेहरुका लागि त अभिभावक नै भएर खडा हुन्छ । स–सानो रकमको बीमाले पनि ठूलो सुरक्षा दिन्छ’, उनले भनिन्, ‘आफू हुँदै र आफू पछि पनि आर्थिक रुपमा आफ्नो सहभागिता जनाइराख्नु बीमा हो । बीमा बचत गर्ने प्रमुख आधार हो । बीमा आममानिसका लागि एकदमै महत्वपूर्ण छ ।’

अभिकर्ता पेसालाई सामाजिक पेसाका रुपमा हेर्ने अस्मिता ‘बीमा अभिकर्ता’ पवित्र पेसा रहेको बताउँछिन्। ‘अभिकर्ताले मानिसको सुरक्षाका लागि काम गर्छ’, उनले भनिन्।

एक सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने तर्क उनको छ । अभिकर्ता आफ्नो पेसाप्रति लगनशील भएर लाग्नुपर्ने उनले बताइन् । निरन्तर रुपमा लागिपर्ने जोकोही पनि यो पेसामा सफल हुन सक्ने उनको अनुभव छ । ‘यस पेसामा धैर्यता, मेहनत, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा हुनुपर्छ’, उनले भनिन्।

बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै अस्मिताले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताइन् । ‘लाइफमा बायोडाटाको प्रोफाइलमा थपिने पेसा हो, बीमा संसारभरि नै अवलम्बन गरिएको पेसा हो’, उनले भनिन्, ‘आर्थिक रुपमा सबल हुने पेसा भएकाले अभिकर्ता पेसा राम्रो छ ।’

बीमा कम्पनीले दिने हरेक टार्गेट अस्मिताले मिट गर्ने गरेकी छन् । सिल्भर क्लब ४ पटक भइसकेकी छन् । कम्पनीले दिने हरेक टार्गेट मिट गरी नेपालका अधिकांश ठाउँ घुम्ने मौका पाएकी अस्मिता सिंगापुर, भारत र मलेसियासमेत घुमिसकेकी छन् ।

अस्मिताले बीमामात्रै गराएकी छैनन्, ३ वटा क्लेम सेलमेन्ट पनि गरिसकेकी छन् । अस्मिताले क्यान्सरबाट मृत्यु भएका चन्द्रबहादुर केसीलाई घातक रोगबापतको बीमा रकम दिई उपचारका क्रममा मृत्यु भएका उनको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेकी छन् । त्यस्तै मना केसी क्यान्सरपीडित र मुटुरोगी बीम्लेश आचार्यलाई घातक रोगबापतको बीमा दाबी रकम दिलाएकी छन् । दाबी भुक्तानी पाएका ती परिवारले बीमाको महत्व धेरै रहेको र आश्रित परिवारले राहात पाएको भन्दै अस्मिताप्रति सकारात्मक प्रक्रिया दिएका छन् । अस्मिता भन्छिन्, ‘धर्म गर्न मन्दिर जानुपर्दैन, बीमा बुझाएर बीमा गरायो भने त्यही नै धर्म हो । बीमा सबैका लागि आधारभूत आवश्यकता हो । बीमाले बचत गर्नुका साथै भविष्यको पनि सुरक्षा गर्दछ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

10%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS